छुरा प्रहार



यांगुन, (एजेन्सी)
म्यान्मारको हिंसाग्रस्त राज्य रखाइनमा कार्यरत एकजना सरकारी अधिकारीको छुरा प्रहार गरी हत्या भएको बुधबार प्रहरीले जनाएको छ। केही दिनअघि त्यहाँ शुरू भएको एक सम्प्रदायिक दंगामा उनी र अन्य सात जनाले ज्यान गुमाएको बताइएको छ। तर प्रहरीले बो बो मिन थेइक नामक ती अधिकारीको दंगाको नभई व्यक्तिगत रिसइबीको कारण हत्या भएको भन्दै छुट्टै तरिकाले अनुसन्धान शुरू गरेको छ। सरकारी प्रवक्ता ज तायले माक शहरबाट प्रान्तीय राजधानी सिट्वेतर्फ जाने राजमार्गमा उनकै कारभित्र मंगलबार उनको शव फेला परेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्