नक्कली चालक पक्राउ



हेटौंडा, (नेस) । मकवानपुरको मनहरी गाउँपालिका–७ मा सलाहीबाट काठमाडौं जाँदै गरेको ना.७ ख ३५१५ नं. बस काठमाडौं–४ बस्ने वर्ष ३० का सुरज दानी (सवारीधनी) ले चलाएका थिए ।

बसले पैदल यात्री भारत सीतामढी बस्ने वर्ष ४६ का शम्भुप्रसाद गुप्तालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

घटनामा बसधनी दानीले सर्लाहीको बरहथवा–६ बस्ने वर्ष ४७ का बिसु भुजेल सवारीचालक हो भनी नक्कली चालक खडा गरी पेश गरे । अनुसन्धान गर्दा उनले नक्कली चालक उपस्थित गराएको देखियो ।

घटना गराउने सवारीधनी दानी सवारी तथा यातयात व्यवस्था ऐनअन्तर्गत् ज्यानसम्बन्धि मुद्धामा मंगलबारदेखि लागु हुने गरी दिन ५ र नक्कली चालक बनी उपस्थित हुने भुजेललाई केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७ अनुसार आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्