परमाणु क्षमता विकास



बेइजिङ, (एजेन्सी)
चीनको पिपल्स लिबरेसन आर्मी (पीएलए) ले अमेरिका र रुसद्वारा तयार गरिरहेको नयाँ परमाणु रणनीतिसँग टक्कर लिनका लागि चीनले आफ्नो परमाणु प्रतीरक्षा र जवाफी हमलाको क्षमतालाई मजबुत गर्नुपर्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन नयाँ किसिमको परमाणु हतियार विकास गरिरहेको छ। यो सँगै अमेरिका ठूलो गैरपरमाणु हमलामा पनि जवाफी कारबाहीका रूपमा परमाणु आक्रमणको सम्भावनालाई खुला राख्न सक्छ। रुस र अमेरिका दुवै अहिले आफ्ना परमाणु अस्त्र भण्डार क्षमता बढाउने दिशामा लागेका छन्।

प्रतिक्रिया दिनुहोस्