आक्रमणमा १४ मारिए



ब्रासिलिया, (एजेन्सी)
उत्तर पूर्वी ब्राजिलमा बन्दुकधारीहरूले एक रात्रिक्लबमा आक्रमण गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ। शनिबार बिहान फोरटालेजास्थित रात्रिक्लबमा तीनवटा गाडीमा आएका आक्रमणकारीहरूले आक्रमण गरेका थिए। मारिएकाहरूमा २ नाबालिग पनि रहेको जनाइएको छ। आक्रमणपछि कयौं घाइतेलाई अस्पताल भर्ना गरिएका छन्।

आक्रमणकारीहरू लागू पदार्थ तस्कर समूहसँग आबद्ध रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय प्रशासनले उक्त फार्रो डो गागो क्लबमा भएको आक्रमणमा १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्