पुलिस क्वाटरफाइनलमा



नेपाल समाचारपत्र
पोखरा
झापा ११ सँग २ वर्षअघिको हारको बदला लिँदै नेपाल पुलिस क्लब १६औं आहा रारा गोल्डकपको क्वाटरफाइनल यात्रा सुरक्षित बनाएको छ।

१३औं मिनेटमा सुमन लामाले गरेको गोल निर्णायक बनेपछि पुलिसले झापालाई १–० गोलअन्तरले हराएको हो। १४औं सस्करणमा पुलिसलाई पराजित गर्दै झापाले अन्तिम चारमा स्थान बनाएको थियो। यसपटक झापाको अन्तिम १६ बाट विदाइ भएको छ। सात पटकको फाइनलिस्ट विभागीय टोलीको सो प्रतिद्वन्द्वीसँग पोखरामा तेस्रो भेटसमेत थियो।

बलमाथिको नियन्त्रण कम, हतार र हताश अनि गलत पासले झापा हारको स्थितिमा पुग्यो। झापाले ९० मिनेटमा अवसरको सृजना खासै गर्न सकेन। ३८ औं मिनेटमा सौरभ मगरको पासलाई विकेश लिम्बूले बललाई हेडिङ गर्न भ्याएनन्। एक गोलले पछि परेपछि निकै हतारिएको झापाले बलमाथिको नियन्त्रण लिने प्रयास गरे पनि पुलिसले असफल बनाइदिएको थियो।

प्रतिक्रिया दिनुहोस्