‘तुर्केली फौज सिरियादेखि इराकसम्म लड्न तयार’



इस्तानबुल, (एजेन्सी)
टर्की कुर्दिस फौजविरुद्ध उत्तरी सिरियादेखि पूर्वी इराकसम्म भिड्न तयार रहेको राष्ट्रपति तायिप एर्दोगानले शुक्रबार बताएका छन्। अंकारामा एर्दोगानले आफ्नो फौजले कुर्दिस नियन्त्रित मान्विजमा पनि अघि बढ्ने र यस क्रममा अमेरिकासँग पनि मुठभेड हुने खतरा रहेको बताएका छन्।

सन् २०१६ मा कुर्दिस नेतृत्वको फौजले इस्लामिक स्टेट लाडकू समूह (आईएस) बाट छिनेको सो शहरमा अहिले अमेरिकी फौज तैनाथ रहेको छ। टर्कीले गतसाता मात्र कुर्दिस छापामारविरुद्ध आफ्नो सैनिक कारबाही अघि बढाएको थियो।

कुर्दिस पिपुल्स प्रोटेक्सन युनिटस (वाईपीजी)लाई धपाउने उद्देश्यले तुर्केली सिरियाली लडाकू समर्थितहरूको साथ लिएर तुर्केली फौजले कुर्दिस नियन्त्रणमा रहेको आफ्रिनमा हमला गरेको थियो।
टर्कीको सरकारले वाईपीजीलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)कै विस्तारित समूहको रूपमा सोच्ने गरेको छ।

विगत तीन वर्षदेखि पीकेकेले दक्षिण–पूर्वी टर्कीमा कुर्दिस स्वायतत्ताका लागि लडिरहेको छ। यस अभियानको कारण अँकारा र वासिङ्टनबीचको सम्बन्ध तनावमा परेको छ। वासिङ्टनले आईएसविरुद्धको युद्धमा वाईपीजीलाई सहयोग गर्दै आइरहेको छ। तुर्केली राष्ट्रपतिले आफ्नो एके पार्टीको बैठकमा इराक सिमानासम्म कुनै पनि आतंककारी बाँकी नरहुन्जेलसम्म अपरेसन ओसलभ ब्रान्च विस्तार गर्न आफू तयार रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्