वोइङ उडाउँदै सुल्तान



नयाँदिल्ली, (एजेन्सी)
भारतको इतिहासमा पहिलो पटक गणतन्त्र दिवसको परेडमा मुख्य अतिथिका रूपमा आसियानका १० सदस्य राष्ट्रका राष्ट्राध्यक्षसँगै ब्रुनाइका सुल्तान सहभागी भएका छन्। आसियानका दश सदस्य राष्ट्रमा सबैभन्दा शीर्ष नेता मानिएका ब्रुनाइ सुल्तान हसनल बोल्कियाह आफ्नो बोइङ आफैले उडाएर भारत पुगेका हुन्। उनलाई विश्वको सबैभन्दा धनाढ्य सुल्तान मानिन्छ। फोब्र्सले केही समयअगाडि उनको कुल सम्पत्ति २ अर्ब डलरभन्दा धेरै भएको बताइएको थियो। ७१ वर्षीय बोल्कियाह आफ्नो विलासी जीवनशैलीका लागि चर्चित हुन्। विमान उडानमा सौखिन सुल्तानले आफ्ना पाइलटका टोलीलाई ककपिटमा बस्न दिँदैनन्।

प्रतिक्रिया दिनुहोस्