२१ किलो चरेश सहित एक जना प्रकाउ



ललित सिंह, बझाङ ।

बझाङ जिल्लामा लागु औषध चरेश २१ केजी ८सय ग्राम सहीत एक जना प्रहरीले प्रक्राउ गरेको छ । मंगलबार बेलुका दुर्गाथली गाँउपालीका ६ बस्ने ३० बर्षिया कलक जाग्री लाई २१ किलो ८०० ग्राम लागु औषध चरेश सहीत प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका निमित्त कार्यलय प्रमुख ईन्स्पेटक्टर माधव विश्वकर्माले जानकारी दिनु भयो ।

चरेश विक्री गर्नका लागी जाग्रीले बोकी ल्याउदै गर्दा प्रहरीले गोप्य सुचनाको आधारमा केदार स्युँ गाउपालीका १ बगाड बाट जाग्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जाग्रीका आफन्तका अनुसार लागु औषध चरेश जाग्रीको नभई अरु कसैको भएको बताएका छन् ।

जाग्रीले एक कट्टा चामल दिने भने पछी चरेशको भारी बोकेको बताईएको छ । यता जिल्ला प्रहरी कार्यलयले भने जाग्री भरीया हुन् या जाग्रीको नै चरेश हो भन्ने विषयमा अनुसन्धान भई रहेको बताएका छन् ।

जिल्लामा बर्षैा पिच्क्ष चरेश बरामत हुने गरेको भए पनि यसको रोगथामका लागी सरोकारवाला निकायले चाँसो दिएको छैन् । जिल्ला प्रहरी कार्यलयको तथ्याङ्क अनुसार २०७४ भदौ २५ गते देखी हाल सम्म बझाङमा ८० किलो ४०० ग्राम चरेश बरामत गरीएको छ । २०७४ साल भदौ २५ गते छविस पाथिभेरा गाँउपालीका १ भाँडेबजार बाट ४५ किलो चरेश सहीत २ जना प्रक्राउ गरेको थियो यस्तै असोज ७ गते बुंगल नगपालीका ३ विजडामा एकलो ५०० ग्राम चरेश सहीत एक जना प्रक्राउ, असोज ३० गते चिरवित्थड गाँउपालीका ३ स्याँडी बाट ५०० ग्राम चरेस सहीत २ जना प्रक्राउ , मंसिर १२ गते दुर्गाथली गाँएपालीका २ मौरीबगर बाट ४ किलो चरेश सहीत २ जना प्रक्राउ परेको निमीत्त कार्यलय प्रमुख माधव विश्वकर्माले जानकारी दिनु भयो । यसै बर्ष भित्र पुस १८ गते जयपृथ्वी नगरपालीका ११ भोपुर बाट ७ किलो १०० ग्राम चरेश सहीत एक जना प्रक्राउ परेका थिए ।

बढी जस्तो पक्राउ पर्नेमा भारीया रहेको प्रहरीको भनाई छ । भरीयाहरु संग साधपुछ गर्दा सही सुचना नदीई भरीयाहरु गलत सुचना दिने गरेका कारण यसको गहिराई सम्म पुग्न नसकेको विश्वकर्माको भनाई छ । प्रक्राउ परेकाहरुले आफुहरु त फसे पनि अरु नफसुन भन्ने मनसायका कारण बास्तविक दोसी उम्कने गरेका र निर्दोसी तथा भरीयाहरु फस्ने गरेको पाईएको छ ।

बझाङका दुर्गाथली, सुर्मा, छविसपाथीभेरा लगायतका गाँउपालीकाहरुमा चरेशको खती गर्ने प्रचलन रही आएको छ । पाखो जमीन सिचाईको सुविधा नभएका कारण यहाँका अधिकांश स्थानीय यो खेती गर्न बाध्य छन् । परिवारको खाना, लुगाकपडा चरेश खेतीले गर्ने गर्ने प्रवृतिका कारण अधिकांश निर्दो फस्ने गरेको जिल्लाका जानकार ब्यक्तीहरुले बताएका छन् । चरेशको बोटका बोक्राले बल्लो (कपडा) बुन्ने, विचको भाग सुके पछि दाउरा बाल्ने, चरेश(अतर) फल विक्री गर्ने जसलाई गाँजा भन्ने गरीन्छ र सानै बोटका पातहरु हातमा मलेर चरेशको उत्पाद गर्ने गर्दछन्् ।

बझाङ जिल्लामा आज भन्दा करीब १५।२० बर्ष पहीले देखी नै यसको उत्पादन र विक्री हुदै आएको जिल्लाका बुढापाका तथा जानकारहरु बताउन्छन् ।

यता जिल्ला प्रहरी कार्यलयका मुद्धा फाँटका सही राम सिहँ बोहराका अनुसार सर्बै भन्दा बढी चरेशको उत्पादन बुंगल नगरपालीका, सुर्मा गाँउपालीका, छविसपाथीभेरा गाँउपालीका लगायतका ठाँउमा हुने गरेको छ । उहाँका अनुसार जिल्ला प्रहरी कार्यलयले आर्थीक बर्ष ७१।७२ मा २० ग्राम लागु औषध चरेश सहीत १ जना, आ.ब.७२।७३ मा ८० किलो ७२० ग्राम सहीत २४ जना, ७३।७४ मा ३५ ग्राम सहीत १ जना र आर्थिक बर्ष ७४।७५ को हाल सम्म ८० किलो ४०० ग्राम सहीत ९ जना प्रक्राउ परेको बोहराले बताउनु भयो । यसको अन्त्यका लागी ग्रामीण बस्तिहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न आवस्ष्क रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्