म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा



लन्डन, (एजेन्सी) ।
पेप गार्डिओलाको नेतृत्वमा म्यानचेस्टर सिटीले पहिलो पटक काराबाओ कपअन्तर्गत फाइनलमा स्थान सुरक्षित गरेको छ ।

म्यानचेस्टर सिटीले ब्रिस्टल सिटीलाई समग्रमा ५–३ ले हराउँदै आगामी फेब्रुवरी २५ मा वेम्बलीमा फाइनल खेल्ने तय गरेको हो । मंगलबार राति सेमिफाइनलको दोस्रो लेग खेलमा म्यानचेस्टर सिटीले ब्रिस्टल सिटीलाई ३–२ ले हराएको थियो । एस्टन गेट मैदानमा लेरोए सेन, सर्जियो अग्वेरो र केभिन डि ब्रुएनले गोल गरेका थिए ।

केभिनले क्लबसँग हालै मात्र पाँच वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् । ६ मिनेट थपिएको समयमा ब्रिस्टल सिटीका एडेन फ्लिीन्टले दोस्रो मिनेटमा गोल गरेर खेल बराबरीमा पु¥याएका थिए । तर केभिनले अन्तिम मिनेटमा गोल गर्दै सिटीको जित पक्का गरे ।

टोलीले बुधबार हुने सेमिफाइनल खेलका बिजेतासँग खेल्नेछ । जुन खेलमा आर्सेनल र चेल्सी भिड्दैछ ।

प्रतिक्रिया दिनुहोस्