रुकुम पुर्वमा भारी हिमपात



धनवीर दाहाल, रुकुम पुर्व

रुकुम पुर्ब जिल्लाको बिभिन्न ठाउँमा गएराती हिमपात भएको छ । हिमापातका कारण अत्यधिक चिसोले स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ । पुथा उत्तरंगा गाउँपालिकाको मैकोट क्षेत्रमा भारी हिमपात परेको छ ।

पुर्बी रुकुममा यो समयमा बर्षेणी हिमपात हुने गरेको छ । चिसोले वालवालिका तथा बृद्धहरु बढी प्रभाबित भएका छन । लगातारको हिमपातका कारण जनजिवन कष्टकर भएको छ । बिशेष गरी वालवालिका र बृद्धबृद्धालाई समस्या भएको छ । तर खेतीपातीका लागी राम्रो भएको कृषकहरुले बताएका छन् ।

रुकुम पश्चिमका भने केहि उच्च भागहरुमा हिमापत भएपनि अन्य ठाउँमा हिउ नपरेपनि पानी पर्नाले चिसो भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्