यी हुन राष्ट्रियसभाका लागि एमालेले थपेका १० उम्मेदवार



काठमाडौं । राष्ट्रियसभाको लागि चार प्रदेशको थप १६ उम्मेदवार टुंगो लगाउन मंगलबार दिउँसोदेखि बसेको नेकपा एमाले स्थायी समिति बैठकले अहिलेसम्म १० जनाको नाम एकीन गरेको छ ।

प्रदेश नम्बर १, २, ३ र ४ का उम्मेदवार टुंग्याउन अध्यक्ष के पी ओली निवास बालकोटमा भएको बैठकले राष्ट्रियसभामा प्रदेश नम्बर १ बाट हरिचरण सिवाकोटी, पर्शुराम मेघी गुरुङ, खेम नेपाली, नैनकला ओझा र अगम वान्तवालाई छनौट गरेका्े छ । प्रदेश २ मा अहिलेसम्म सुमन प्याकुरेल मात्र चयन भएका छन् ।

प्रदेश ४ बाट गणेश तिमल्सिना, शान्ति अधिकारी, दीपा गुरुङ, रामबहादुर थापालाई उम्मेदवार  बनाउने निर्णय भएको छ ।

प्रदेश नम्बर ३ बाट भने अहिलेसम्म कुनै पनि उम्मेदवार टुंगो लागि सकेको छैन । स्थायी समितिको सोमबारको बैठकले राष्ट्रियसभाको लागि प्रदेश ५, ६ र ७ बाट १३ जना उम्मेदवार तोकेको थियो ।

राष्ट्रियसभामा निर्वाचित हुने ५६ सदस्य मध्ये वाम गठबन्धनको भागमा ४३ सदस्य पर्ने देखिएको छ । त्यसमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ को भागवण्डा गरेका छन् । आफ्नो भागमा परेको २९ मध्ये एमालेले २३ उम्मेदवार तोकेको छ । अब ६ जना उम्मेदवार तोक्न बाँकी छ ।

एमालेले राष्ट्रियसभाको लागि सम्बन्धित जिल्ला र प्रदेशबाट आएको सिफारिसको आधारमा उम्मेदवार छनौट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्