अमेरिकामा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी



एजेन्सी ।
अमेरिकाको अलास्का खाडीमा ८.२ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्प अलास्काको कोदियाकभन्दा १७५ माइल दक्षिणपूर्वमा मध्यरातको केही समयपछि गएको थियो । अमेरिकी भौगर्भिक विभागले भूकम्प ६ माइल गहिराइबाट आएको बताएको छ ।

दक्षिणपूर्वी र दक्षिण अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । त्यस्तै क्यानाडाको ब्रिटिश कोलम्बियामा पनि चेतावनी जारी भएको छ । हवाई टापुमा पनि सुनामीको चेतावनी जारी भएको छ । भूकम्पबाट भएको क्षतीको विषयमा हालसम्म कुनै पनि विवरण नआएको सियनयनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्