चाँगुनारायणमा अवैध घरेलु मदिरा नष्ट



भक्तपुर, (नेस) । प्रहरीले चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालबाट १३ सय लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । ईट्टा भट्टाहरुको आसपासमा रहेका खाजाघर लगायतका २० वटा पसलहरुबाट ८सय ३५ लिटर र छ्याङ ४ सय ७० लिटर बरामद गरी नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घरेलु मदिरा बेचबिखनबाट समुदायमा झैझगडा तथा घरेलु हिंसाका घटना समेत बढेको भन्ने स्थानियहरुबाट जन गुनासो आएकोले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र परिसरका सिनियर प्रहरी अधिकृत सहितको टोलीले अनुगमन गरी उक्त परिमाणाममा घरेलु मदिरा बरामद गरेको हो ।

सो क्रममा पसले र स्थानीयलाई मदिराजन्य पदार्थहरुबाट हुन सक्ने रोगहरु, मदिरा बिक्री बितरण तथा सेवनबाट हुने सामाजिक असर बारेमा समेत सम्झाई बुझाई गरीएको र पुन बिक्री बितरण गरेको पाईएमा कानुनी कारवाही समेत हुने जानकारी गराईएको परिसरका प्रबक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्