मर्टेन्स र एडमन्ड सेमिफाइनलमा



मेलबर्न, (एजेन्सी) । चौथो वरियता प्राप्त युक्रेनकी एलीना स्वीटोलीनालाई स्तब्ध तुल्याउँदै एलीस मर्टेन्स अस्टे«लियन ओपनको सेमिफाइनलमा पुगेकी छन् । मंगलबार रड लेभर एरेनामा भएको क्वाटरफाइनल खेलमा बेल्जियमकी मर्टेन्सले स्वीटोलीनालाई ६–४, ६–० ले हराएकी हुन् ।
यसैगरी पुरुष एकलतर्फ ब्रिटेनका काएल एडमन्डले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

एडमन्डले ग्रिगोर डिमीट्रोभलाई ६–४, ३–६, ६–३, ६–४ को चार सेटमा हराएका हुन् । एडमन्ड कुनै पनि ग्रान्डस्लाम सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि उनी अन्तिम १६ बाट माथि पुगेका छैनन् । मर्टेन्स र एडमन्ड दुबैका लागि शीर्ष पाँचका खेलाडीलाई हराएको यो पहिलो अवसर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्