शरद गौचन हत्याका मुख्य सुटर पक्राउ



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर श्याम गोम्बेलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) रुपन्देही प्रहरीको टोलीले मंगलबार बिहान गोम्बेलाई पक्राउ गरेको हो । गौचनको असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या गरिएको थियो ।

गौचनलाई गोली हान्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् ।

यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।

हत्याका मुख्य योजनाकार बस्नेतले बयानमा गौचनले आफूलाई साढे २ करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्