लामो मुद्दा



हनोइ, (एजेन्सी)
भियतनामको कम्युनिस्ट पार्टीका एक जना पूर्वअधिकारीलाई दशकौं लामो मुद्दापछि सोमबार १३ वर्ष लामो काराबास सजाय सुनाइएको छ। सरकारी तेल कम्पनी पेट्रो भियतनाममा आर्थिक हिनामिना गरेको अभियोगमा पार्टीका पूर्वपोलिटब्युरो सदस्य दिन्ह ला थाङलाई सो सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। ऊर्जा तथा बैंकिङ क्षेत्रका उच्च पदस्थ अधिकारीहरूलाई कारबाही गर्ने क्रममा उनीविरुद्ध यो मुद्दा चलाइएको छ। सो तेल कम्पनीका अर्काे कार्यकारिणी अधिकारी ट्रिन्ह सुआन थानहलाई भने आजीवन काराबास सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्