भिडियोमा कल्पनाको ‘सास विनाको धड्कन’



अनिल खत्री, गुल्मी।

लोकप्रिय गायिका कल्पना कुसुमको ‘सास विनाको धड्कन’नयाँ गीत सार्बजनिक भएको छ । गायक कमल खत्री र कल्पनाको सुमधुर स्वरमा रहेको उक्त गीत र म्युजिक भिडीयो सार्बजनिक भएको ।

उक्त गीतको भिडीयोको सम्पुर्ण दृश्य अस्टे«लियामा छायाँकन गरिएको हो । नेपाल बाहिर बिभिन्न देसहरुमा रहेका मनमोहक दृश्य सहित गीतहरुको म्युजिक भिडियो तयार भएको गायिका कल्पनाले बताइन् ।

माया प्रेममा आधारित उक्त गीत दुई प्रेमीका बिचको कथा बस्तु उल्लेख रहेको छ । निकै मर्म स्पर्शी शब्द संगीतले तयार भएको गीतले धेरै दर्शक श्रोतामो मन जित्नेमा आफु आसावादी रहेको कल्पनाको भनाई छ ।

नेपालमा रेकर्ड भएका गीतहरु पछिल्लो समय यता नेपाल बाहिर बिभिन्न देसहरुमा भिडियो छायाँङकन हुने क्रम वढन थालेको छ ।
दर्शकश्रोतालाई गीत सहित केहि फरक अनुभुती सहितको म्युजिक भिडियो देखाउने उदेश्यले नेपाल बाहिर छायाँङकन गरिएको उक्त गीतकी गायिक कल्पनाले बताइन् ।

सुगम संगतीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिक कल्पनाले यसगीतबाट पनि धेरै माया पाउने बताइन् । गोल्डेन टाईम्स को प्रस्तुतिमा गीतमा मिलन मीश्र र सिता भण्डारीको मुख्य अभिनय रहेको छ । सिताले यसै गीत मार्फत पहिलो पटक मोडलिङ्ग क्षेत्रमा प्रबेश गरेकी छन् ।

गीतमा नेत्रजंग पाण्डेयको निर्देशन र बिनोद केसीको छायाँङकन रहेको छ । कमल खत्रीको लय शब्द रहेको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्