अब्दुल्लाहको चिन्ता



अमान, (एजेन्सी)
जोर्डनका नरेश अब्दुल्लाहले आइतबार जेरुसेलमलाई इजरायलको राजधानी बनाउने वासिंगटनको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। साथै उनले पूर्वी जेरुसेलम प्यालेस्टाइनी राज्यको भावी राजधानी भएको पनि बताएका छन्। अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग अमानमा वार्ता गर्ने क्रममा उनले इजरायली– ‘प्यालेस्टाइनी समस्याको एक मात्र समाधान भनेको २ राज्य एक हुनु हो भनेका छन्। सन् १९६७ को अरब–इजरायल युद्धको दौरान जोडार्नले इजरायलसमक्ष पूर्व जेरुसेलम र पश्चिम किनारा गुमाएका थिए। उनले अमेरिकी कदमको कारण मुस्लिम र इसाईबीच तनाव हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्