विभेद कहिलेसम्म ?



मुलुक अनेक राजनीतिक कालखण्ड पार गर्दै अहिले संघीय ढाँचामा प्रवेश गर्दै छ। सक्रिय शाहकाल, राणाकाल, प्रजातन्त्र, बहुदल, फेरि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै मुलुक अहिलेको अवस्थामा आएको हो। वर्षौंसम्मको बलियो जगमा अडिएका राजा फालिएर रैतीका छोरा–छोरी सर्वोच्च पदमा आसिन छन्।

तर राजनीतिक व्यवस्था परिवर्तन हुँदैमा मुलुकले ठूलै छलाङ भने नमार्ने रहेछ। विगतमा दरबार छिर्न सर्वसाधारणले जसरी धेरैको पाऊ मोल्नुपथ्र्यो, हिजो–आज शीतल निवाससहित अन्य वरिष्ठहरूको निवास छिर्न त्यस्तै सेवा गर्नुपर्ने अवस्था दोहोरिएको धरहराले बेला मौकामा देख्ने गर्छ। त्यस्तै भएछ, शुक्रबार शीतल निवासमा।

प्रदेश प्रमुखहरूलाई शपथ गराउने कार्यक्रममा सरकारी सञ्चार माध्यमबाहेक अन्यलाई अघोषित रूपमा प्रवेश निषेध गराइएछ। कुरो ‘डे«स कोड’सँग जोडिएको रहेछ। अर्थात् राष्ट्रपति कार्यालयले पत्रकारहरूलाई शीतल निवास प्रवेशका लागि डे«सकोड अनिवार्य गरेपछि आफूखुसी पोसाकमा पुगेका पत्रकारहरू ढोकाबाहिर घाम ताप्न बाध्य भएछन्। अनि पत्रकारहरू पनि के कम, ढोकैबाहिर गरे विरोध।

विरोध नै गर्ने भए, अन्य सन्दर्भ पनि धेरै छन्। उच्च पदस्थहरूको विदेश भ्रमणका बेला सरकारी सञ्चारमाध्यम सजिलै भ्रमण टोलीमा पर्छन्, तर निजीक्षेत्रका सञ्चार माध्यमलाई भने अर्कै व्यवहार गरिन्छ। यो कुरा त साथीहरूलाई राम्रै थाह होला, त्यस्तो विभेदचाहिँ कहिलेसम्म सहने कलमजीवी साथीहरू?

प्रतिक्रिया दिनुहोस्