तामाङ दिदीभाइद्वारा उपाधि रक्षा



काठमाडौं, (नेस)
नेपाली सेनाका तामाङ दिदीभाइ नङ्सल र रत्नजितले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टन
प्रतियोगितामा उपाधि
रक्षा गरेका छन्।
सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको फाइनल खेलमा सेनाकी नङ्सलले एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ को सोझो सेटमा हराएकी हुन्।
यो नङ्सलको लगालग तेस्रो
उपाधि हो।
त्यस्तै पुरुष एकलतर्फ रत्नजितले दीपेश धामीसँग एक सेटले पछि परेर पनि उपाधि जितेका थिए। उनले सो खेल १९–२१, २१–६, २१–१२ को सेटले आफ्नो पक्षमा पारेका थिए। यो रत्नजितको लगातार चौथो उपाधि पनि हो। तर टिम इभेन्ट्समा भने दीपेशले रत्नजितलाई
हराएका थिए।

यसैगरी विभागीय टोलीको दबदबा रहेको प्रतियोगिताको पुरुष डबल्सतर्फ पनि रत्नजित र नवीन श्रेष्ठको जोडीले जित्दै आर्मीलाई अर्को उपाधि दिलाएको थियो। सो जोडीले एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीलाई २१–१९, २१–१४ पराजित गर्दै स्वर्ण हात पारे। धामी र थापामगरको जोडीले टिम इभेन्ट्को पुरुष जोडीतर्फ भने एपीएफलाई स्वर्ण
दिलाएको थियो।

महिला जोडीतर्फको प्रतिस्पर्धामा पनि सेनाले जित निकाल्यो। सेनाका नङ्सल र अनुमाया राईको जोडीले एपीएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९, २१–१५ ले पाखा लगायो। मिक्स डबल्सतर्फ पनि सेनाकै जित भयो। तामाङ दिदीभाइले एपीएफका विजित थापा मगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९ र २१–१० ले पराजित गर्दै सेनाको लागि थप स्वर्ण जोडे। सेनाले यस प्रतियोगितामा सातमध्ये ६ स्वर्ण आफ्नो पोल्टामा पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्