क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली



बेइजिङ, (एजेन्सी)
चीनले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्न चाहेको छ। भारतले हालै मात्र सफल परीक्षण गरेको अन्तरमहाद्विपीय क्षेप्यास्त्र अग्नी ५ को विस्तारमा चीनको अधिकांश भूभाग पर्छ। चीनले उक्त परीक्षणलाई लिएर विरोध पनि जनाइसकेको छ। चीन परमाणु हतियार सम्पन्न उत्तर कोरियाली क्षेप्यास्त्रको दायरामा पनि पर्छ। जापानले पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली विकास गर्नुपर्ने विषयमा सोच बनाइरहेको छ। यसबीच चीनले यस प्रकारको खतराको सामना गर्न क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकाश प्रयास गर्नुलाई आश्चर्य मानिएको छैन। चीनले भू–उपग्रह नष्ट गर्ने प्रणालीको विकासलाई पनि जोड दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्