डोटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, आधा दर्जन घाईते



दिपायल । प्रदेश नम्वर ७ को राजधानी दिपायल माग गर्दै आन्दोलनमा उत्रिएका पदर्शनकारी र प्रहरीबीच क्षेत्रिय प्रशासन कार्यालय दिपायलमा कालो झण्डा लगाउदै गर्दा दोहोरो झडप भएको छ ।

दिपायलमा हजारौंको संख्यामा उत्रिएका आन्दोलनकारीले दिनभर शान्तिपुर्ण प्रदर्शन गरेको भए पनि क्षेत्रिय प्रशासन कार्यालयमा सरकारी निर्णयको विरोधमा कालोझण्डा लगाई ¥यालीलार्ई कोणसभामा परिणतगर्दा दुबै पक्षबीच झडप सुरु भएको माओवादि केन्द्रका नेता तेज डुम्रेलले जानकारी दिए ।

यो समाचार तयार पार्दा सम्म दोहोरो पक्षवाट ढुंगा मुढा प्रहार भईरहेको छ । आन्दोलनकारी तर्फ बढि महिलाहरु रहेका छन् । झडप हुदा के कति घाईते भएका छन् सो को विवरण आएको छैन ।

झडपमा परि पुर्व क्षेत्रपाल घनश्याम दत्त पाठक सहित आधा दर्जन आन्दोलनकारी घाईते भएको बताईएको छ । प्रहरीको लाठीचार्जबाट पाठकको बाँया खुट्टा भाँचिएको छ । थप जानकारी आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरीउपरीक्षक मधुसुधन लुइटेलका अनुसार अराजक केहि व्याक्तिबाट ढुंगामुढा भएको र स्थिति नियन्त्रणमा आईसकेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्