शितलहर पीडितलाई सांसद यादवद्धारा न्यायो कपडा वितरण



 

सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद राजकिशोर यादवले शितलहरमा न्यानो कपडा वितरण अभियान सुरु गरेका छन् ।  सिरहा ४ नम्बर  निर्वाचन क्षेत्र प्रतिनिधि सभामा विजयी  भएका सांसद यादवले शितलहर तथा अत्यधिक चिसोलाई मध्यनजर गर्दै आफ्नो निर्वाचन रहेका दलित, अति गरिब र विपन्न परिवारलाई न्यानो स्वरुप कम्बल वितरण अभियान सुरु गरेका हुन् ।

विहिबार सिरहाको निर्वाचन क्षेत्र नं. ४ को राघोपुर, बिरपुर, बालुवाटोल, छड्किटोल, सिसबोनी, चमरटोली, बगथलवा, धङरटोली, सितापुरमा रहेका विपन्न एवम् अल्पसँख्यक दलित घरपरिवार सहित अन्य ठाउँमा समेत कम्बल वितरण गरेका छन् ।

जनताको दुःखमा साथ दिनु आफ्नो दायित्व र कर्तव्य भएको बताउदै सांसद यादवले आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवा गर्ने  बताए । उनले भने, ‘जाडोले जनताको मृत्यु हँदा पनि सरकार रमिते बनेको छ ।’ उनले निर्वाचन क्षेत्रको अन्य स्थानमा पनि जनताको ज्यान जोगाउनको लागि काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्