कामना फिल्म अवार्डस् २०७४: के भन्छन् मनोनयनमा परेका कलाकार?



विधा ः गीतकार, संगीतकार तथा गायक र गायिका 

टपमा पर्नु अवार्ड पाएसरह 

डा. कृष्णहरि बराल
मनोनयन ः शब्दको हरपलबाट म त यसमा केही पनि भन्नै सक्दिनँ। जजको हेर्ने दृष्टिमा भर पर्छ। अनि कुन गीतलाई दर्शकले कति मन पराए र कुन समय र मुडमा गीत सुनिएको थियो भन्नेमा भर पर्छ।
एउटा गीतलाई कुनै जुरीले ९० अंक दियो भने त्यही गीतलाई अर्कोले ५० अंक दिएको पनि पाइन्छ।

वर्षमा सयांै फिल्मका गीतहरू निस्किएका हुन्छन्, त्यसमध्येबाट टप फाइभमा पर्नु नै एक हिसाबमा अवार्ड पाउनु हो। यसबाट पनि एकदमै प्रतिस्पर्धामा आएको एक गीतले कामना फिल्म अवार्ड पाउने हो।
टप फाइभमा परेर नै सबैे गीतले अवार्ड पाइसकेका छन्। कामना जस्तो पुरानो र स्तरीय पत्रिकाले आयोजना गरेको प्रतिष्ठित अवार्ड पाउनुले अवार्ड पाउने गीतले पनि अर्थ राख्छ।

भन्न सक्दिनँ

उत्तम भौकाजी
मनोनयन ः सफरको प्रियतामाबाट
कामना फिल्म अवार्डको उत्कृष्ट गीतकारको विधामा परेको खबर सुन्दा खुशी लाग्यो।
नोमिनेसनमा परेको सबै गीत नसुनेकाले अवार्ड कस्ले जित्छ भन्न सक्दिनँ।

जुरीलाई कुन मन पर्छ

राजनराज सीवाकोटी
मनोनयन ः छक्कापञ्जाको पूर्वपश्चिमबाट गायक र संगीतकार
 नोमिनसनमा परेका सबै गीतको शब्द तथा संगीत राम्रा छन्। पब्लिकले मन पराएकै गीत नोमिनेसनमा परेकाले यीमध्ये पनि जुरीलाई जुन गीत मन पर्छ, त्यही गीतको संगीतकार तथा गीतकारले अवार्ड पाउँछ।

सबैको चान्स छ

वसन्त सापकोटा
मनोनयन ः राधाको छपक्कैबाट

संसारमै अवार्ड दिने भनेको सुनिएको र दर्शकले मन पराएको गीतबाट हो। अवार्ड पाउने गीत पपुलर हुनुपर्छ। टप फाइभमा परेका सबै गीत पपुलर र दर्शक श्रोताले मन पराएका नै छन्, यस कारण सबै गीतको चान्स उत्तिकै छ।

गायकमा आशा छ

ताराप्रकाश लिम्बू
मनोनयन ः विर विक्रमको हारँे हारँेबाट गीतकार र संगीतकार
 यति धेरै गीतबाट छनोट भएर टप फाईभमा पर्नुभनेको एक प्रकारले अवार्ड पाउनुसरह नै हो। अवार्ड कसले पाउछ भन्न गाह्रो कुरा हो। मैले गरेको गीत पनि उत्कृष्ट संगीतकार र गायकको नोमिनेसनमा परेकोले आशा राख्ने ठाउँ छ। तर वीर विक्रमको हारेँ हारेँ गीतबाट मैले यो वर्ष दर्शकको अत्यन्तै माया र साथ पाएको छु। यो गीतबाट मैले यस वर्ष २ अवार्डमा गायकको अवार्ड पाएकोले यसबाट आशा छ यसको मतलब अवार्ड मैले नै पाउँछु भन्ने होइन।

मैले पाउँछु कि ?

मीना निरौला
मनोयनय ः फिल्म लुट २ को ठमेल बजारबाट
अवार्ड कस्ले जिन्ते भन्ने कुरा दर्शक स्रोताको हातमा हुन्छ। दर्शकको मनमा रहेको गीतले अवार्ड पाउँछ। हामीले त गीत गाउने र सुनाउने मात्र हो। बाँकी त दर्शकको हातमा रहन्छ। मसंग प्रतिस्पर्धामा हुनुहुने मेलीना राई, मीलन अमात्यजस्ता राम्रा गायिकाहरू हुनुहुन्छ। हुन त सबैले आफूले गरेको सफलता प्राप्त गरोस् भनेर नै काम गरेका हुन्छन्। योभन्दा अघिका अवार्डहरूमा मैले ठमेल बजारबाटै अवार्ड पाएकाले पनि मलाई अवार्ड पाउँछु कि भन्ने आशा भने छ।

भन्न सक्दिनँ

कालीप्रसाद बास्कोटा
मनोनयन ः लुट २ को ठमेल बजारबाट
उत्कृष्ट संगीतकारको नोमिनसनमा पर्ने सबैलाई अल द बेस्ट। अवार्ड जस्ले पाए पनि ठीक छ। सबैजना अवार्डका लागि डिजर्भिङ हुनुहुन्छ। आई एम नट द जुरी त्यसैले म कस्ले अवार्ड पाउँछ भन्न सक्दिनँ। बेस्ट अफ लक टु अल इन्क्लुडिङ मी। म अवार्ड हुने समयमा अस्टे«ेलियामा हुनेछु।’

अवार्डको आशा छ 

कृष्ण काफ्ले
मनोनयन ः छक्कापञ्जाको देख न चम्पाबाट
मैले त कसरी आपैmँ भन्ने? केही बोल्नै मिल्दैन। आफ्नै गीत यति दमदार छ, यस कराण अवार्ड जित्ने आशा छ, तर अरूको गीत नराम्रो छ भन्न खोजेको हैन। स्वरूप दाइ, ताराप्रकाश दाइहरूको गीत पनि राम्रा छन्। यस कराण म यहि गीतले जित्छ भन्न सक्दिन्। अवार्डको आशाभने छ।

सबैजना दावेदार

युवराज चौलागाईं
 मनोनयन ः पलासको तिमी साथमाबाट
सर्वप्रथम त कामना फिल्म अवार्डमा उत्कृष्ट गायकको टप सिक्समा पर्नु नै ठुलो कुरा हो। अवार्ड जसले पाए पनि संगीतकै पाटोमा विकास हुने हो, म्युजिक इन्डस्ट्रिकै भलो हुने हो। जो क्यापेबल छ, उसैले नै अवार्ड पाउँछ। यो ऊ भनेर नाम लिनुभन्दा पनि सबै जना अवार्डको दावेदार हुनुहुन्छ।

अवार्ड मैले पाउँछु

नृत्य निर्देशक कविराज गहतराज
मनोनयन ः छक्कापञ्जाको पूर्वपश्चिम, किस्मत २ को तिम्रो पिक्चर हिट र राधाको छपक्कैबाट
आपूm नोमिनेसनमा परेकोले अवार्ड आफैँले जित्छु जस्तो लाग्छ, हा…हा..हा…। छक्कापञ्जा, किस्मत २ र राधाबाट कोरीयोग्राफरको नोमीनेशनमा परेकोले तीनमध्ये एकबाट अवार्ड मैले नै पाउँछु की जस्तो लाग्छ। छक्कापञ्जाको पुर्वपश्चीम रेलबाट यस वर्षको धेरै अवार्डहरू पाइसकेकाले गर्दा यदि अवार्ड पाए भने यही फिल्मबाट पाउँछु होला।

मीना दिदीले पाउनुहुन्छ कि?

मेलीना राई
मनोनय ः राधाको छपक्कैबाट
 अवार्ड कसले पाउँछ म भन्नै सक्दिनँ। यस वर्षको गीतको पपुलारिटी हेर्दा चाहिँ मीना निरौला दिदीले पाउनुहुन्छजस्तो लाग्छ। तर नोमिनेसनमा भएपछि आफूले पाउँछु की भन्ने पनि हुन्छ।

मैले भन्दा बाएस हुन्छ

प्रताप दास
मनोनयन ः के म तिम्रो होइन रको पागलबाट
मैले अवार्ड कसले पाउँछ भन्दा बाएस हुन्छ। त्यस कारण भन्न सक्दिन। सबैजना डीर्जभिङ हुनुहुन्छ। जसले पनि पाउन सक्नुहुन्छ। नोमिनेसनमा पर्नुहुने सबै अग्रज दाइहरू हुनुहुन्छ। उहाँहरूकै गीतहरू सुनेर उहाँ
हरूको बाटो समाउन खोज्दै छु। म उहाँहरू सबैलाई म रेस्पेक्ट गर्छ‘।

आशा लाग्छ

मीलन अमात्य
मनोयन ः हाउ फन्नीको यो के होबाट
टप फाइभमा परेकोमा राम्रो लागेको छ। नोमिनेसनमा पर्ने सबै जना राम्रो हुनुहुन्छ। यो दर्शकले निकै मन पराउनुभएको गीत हो। पहिलोपटक युट्युबमा अपलोड गर्दा यसले धेरैको माया पाएको थियो भने दोस्रोपटक युट्युबमा अपलोड गर्दा पनि उत्तिकै साथ पाएको थियो। यस कारण पनि मलाई यसबाट आशा लाग्छ।
मेरो विचारमा अवार्ड मीनालाई
अञ्जु पन्त
मनोनयन ः किस्मत २ को यी आँखा लैजाउबाट
नोमिनसनमा परेका सबै गीत राम्रा छन्। मेरो विचारमा गीत चलेको आधारमा चाहिँ ठमेल बजारबाट गायिका मीना नीरौलाले यस वर्षको कामना फिल्म अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड जित्नुहुन्छ जस्तो लाग्छ।

प्रतिक्रिया दिनुहोस्