क्रस फायरमा बालकको मृत्यु



नयाँदिल्ली, (एजेन्सी)

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान हुँदा क्रस फायरमा परेर एकजना ८ वर्षीय बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्।
प्रहरीका एक प्रवक्ताले बुधबार अचानक २ पक्षबीच मथुरामा गोली हानाहान हुँदा खेतमा खेलिरहेका माधव भारद्वाज नामक ती बालक मारिएको बीबीसीलाई बताएका छन्। तर प्रवक्ताले उनलाई कुन पक्षको गोली लागेको भन्ने स्पष्ट पारेको छैन।

तर गाउँलेहरुले प्रहरीले केही पुरुषमाथि गोली प्रहार गरेको र तिनीहरु प्रतिवाद नगरकिन भागेको स्थानीय संचार माध्यमलाई जनाएको छ। यस घटनालाई लिएर राज्य सरकारले चारजना प्रहरीलाई निलम्वन गरेको छ। हालै मोेहनपुरमा भएको एउटा लुटपाटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ति अज्ञात व्यक्तिमाथि गोली चलाएको थियो।

प्रमुख प्रहरी प्रवक्ता राहुल श्रीवास्तवले सानो बालकले ज्यान गुमाउनुपरेकोमा साह्रै दुःख लागेको र यस घटनामाथि गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यस राज्यका मुख्यमन्त्री योगी आदित्यनथले भनेका छन् , ‘ माधवको मृत्युको कारण निकै दुःख लागेको छ। मैले माधवको परिवारलाई आर्थिक सहयोग दिन र दोषीलाई कडा कारबाही गर्न अधिकारीहरुलाई आदेश दिइसकेको छु। भारतभरिमै उत्तर प्रदेदशमा अपराधको घटना सबैभन्दा बढि हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्