प्रतिक्षा गरौं



निकै लामो रस्साकसीका बीच सरकारले बुधबार प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ। तर ठूलै असन्तुष्टी जनाउँदै मुलुकका धेरै स्थानमा आन्दोलन भइरहेको छ। दाङका सांसद एवं पूर्वमन्त्री कृष्णबहादुर महराले मन्त्री परिषद्को निर्णय सार्वजनिक हुने बित्तिकै सरकारको कदमप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति नै जारी गरे।

प्रशासन पुनःसंरचना आयोगको सिफारिस, सरकारी उच्च निकाय र राष्ट्रिय⁄अन्तर्राष्ट्रिय सुझावलाई लत्याउँदै मनोमानी र स्वार्थ प्रेरित ढंगले सरकारले मुकाम तोकेको विज्ञप्तिमा उल्लेख छ। तर धरहरा अन्यौलमा छ महराज्यू, कुन अन्तर्राष्ट्रिय निकाय वा मुलुकले दाङलाई प्रदेश मुकाम तोक्न त्यस्तो सल्लाह दिएको थियो, लौन प्रष्ट पार्नुपर्यो। अन्य मुकामबारे पनि सरकारले अन्तर्राष्ट्रिय सुभावलाई लत्याएको पो छ कि ?

बिहीबार स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले पनि विमानस्थमै सरकारी कदम सही नभएको भन्दै असन्तुष्टी पोखे। अनुकूलता, आवश्यकता र सम्भाव्यताका आधारमा नयाँ सरकारले प्रदेशका स्थायी मुकाम तोक्ने उनले बताएका छन्। प्रतिक्षा गरौं, नयाँ सरकारले क–कसको अनुकूलता र आवश्यकताका आधारमा स्थायी मुकाम तोकिने हो ? पक्कै पनि हरेक जिल्लाका सदरमुकाममा तोकिने त हैन होला ?

प्रतिक्रिया दिनुहोस्