उदासीनता कहिलेसम्म ?



भूपरिवेष्टित हाम्रो देश नेपाल प्रचूर सम्भावना बोकेको देश हो। वास्तवमै भन्नुपर्दा हाम्रो देश नेपाल सबै कुरामा धनी छ। जलस्रोतको दोस्रो धनी देश भनेर हाम्रै देशलाई चिनिन्छ। परम्परा, धर्म, कला, संस्कृति, रीतिरिवाज, रहनसहन, भेषभूषा सबै कुरामा धनी छ हाम्रो देश। प्रचूर सम्भावना बोकेको वन क्षेत्र हाम्रै देशमा छ। हाम्रो देशमा अहिले वन क्षेत्रअन्तर्गन नै काठ, फर्निचर, जडीबुटी, पशुपालन, पर्यटन, कार्बन आदिजस्ता विषयमा १० हजारभन्दा बढीको हाराहारीमा उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ। लाखौं नेपालीले रोजगारी पाउने सम्भावना उत्तिकै रहेको छ। तर यति धेरै सम्पदाहरुले भरिपूर्ण देशका हामी नागरिक सधैँ गरिबको गरिब नै छौं। कारण हो हाम्रो देशमा प्रभावकारी कानुन बन्न नसक्नु।

यही मिति २०७४ माघ २ गते नेपाल समाचारपत्रमा कानुनको अभावमा ४० करोड फ्रिज भन्ने शीर्षकमा समाचार प्रकाशन भएको छ। आवश्यक ऐन, कानुन नबनेकै कारण वन विकास कोषमा जम्मा भएको ४० करोड रुपियाँभन्दा बढी रकम सदुपयोग हुन नसकेको कुरा उल्लेख गरिएको छ।

सरकारका तर्फबाट प्रतिबद्धताअनुसारको रकम जम्मा नभएको र कानुन बनाउन गम्भीरता नदेखाइएको गुनासो पनि आएका छन्। यसरी ठूलो मात्रामा रकम फ्रिज हुनु भनेको देशको अर्थतन्त्रमा आँच आउनु हो। हाम्रो जस्तो विकासको क्षेत्रमा भर्खर बामे सर्दै गरेको देशमा विकासको क्षेत्रलाई बाधा पुर्याउनु हो। त्यसैले गर्दा आगमी दिनहरुमा कानुनको अभाव देखाएर रकम फ्रिजमा रहन नपुगोस् र यसतर्फ छिटोभन्दा छिटो प्रभावकारी कानुन बनाई कार्यान्वयन गरियोस्।
– तुलसी न्यौपाने
ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका–४
हालः नरदेवी, काठमाडौं

मानव सभ्यता र आचरण
सृष्टिको प्रारम्भिक अवस्थामा सबै मान्छे उत्तम व्रतको पालना गर्ने र सत्यवादी थिए। उनीहरुले चाहेको फलविषयक संकल्प कहिल्यै व्यर्थ हुँदैनथ्यो। त्यति बेलाका सबै मान्छे ब्रह्मरुप, पुण्यात्मा र चिरञ्जीवी थिए। सबै मान्छे स्वच्छन्दतापूर्वक आकाशमार्गमा उडेर देवतासँग भेट गर्न जान्थे र स्वच्छन्दचारी भएका कारण इच्छा हुनेबित्तिकै पुनः त्यहाँबाट फर्किन्थे। उनीहरु इच्छानुसार मर्थे र इच्छानुसार नै जीवित रहन्थे अनि स्वतन्त्रतापूर्वक यत्रतत्र घुमघाम गर्थे। उनीहरु हिँड्ने मार्गमा बाधाव्यवधान अत्यन्त कम आउँथ्यो। उनीहरुलाई कुनै किसिमको डर थिएन। उनीहरुले कुनै उपद्रो गर्दैनथे। तसर्थ उनीहरुले आफ्ना काममा पूर्ण सफलता प्राप्त गर्दथे।

कालान्तरमा आएर पृथ्वीतलमा विचरण गर्ने मान्छे काम, क्रोध, लोभ र मोहले वशीभूत भए। उनीहरुले छलकपट र दम्भले आफ्नो जीविका चलाउन थाले। यिनै दोषहरुले गर्दा उनीहरु नचाहेर पनि आफ्नो शरीर त्याग्न वा मर्न विवश भए। त्यति मात्र होइन, उनीहरु पापपरायण भएकाले अशुभ कर्मको फलस्वरुप पशुपक्षी आदि योनिमा जन्मन र नरकमा खस्न थाले। विचित्र सांसारिक योनिमा बारम्बार जन्म लिएर उनीहरु दुःखले सन्तप्त हुन थाले। उनीहरुका इच्छा, संकल्पहरु र प्राप्त ज्ञानहरु पनि निष्फल हुन थाले। उनीहरुको स्मरणशक्ति क्षीण भयो।

उनीहरु एक–आपसमा शंका गरेर एक–अर्कालाई दुःख दिन थाले।
पापकर्मकै कारण उनीहरुका शरीरमा अशुभ कर्मका चिह्न वा कोर आदि रोगहरु प्रकट हुन थाले। फलस्वरुप कसैले अधर्म कुलमा जन्म लिन पुगे भने कोही धेरै रोगको सिकार भए। उनीहरुमध्ये कोही पनि पराक्रमी हुन सकेनन्। यसरी पापकर्ममा प्रवृत्त हुनेहरुको आयु पनि कर्मअनुसार अत्यन्त छोटो हुँदै गयो। उनीहरु आफ्ना सबै अभीष्ट वस्तुको प्राप्तिका लागि अर्काका अघि हात पैmलाएर माग्न थाले। कति नास्तिक भए भने कति मनोरोगी हुन थाले।

विवेकी मनुष्यले कर्मको केही फल प्रारब्धवश प्राप्त गर्दछन्, केही कर्मको फल हठात प्राप्त गर्दछन् भने केही कर्मको फल आफ्नै पुरूषार्थद्वारा प्राप्त गर्दछन्। त्यसैले यस विषयमा कसैले पनि अन्यथा विचार गर्नु निरर्थक छ। कसैले यसै लोकमा परमसुख प्राप्त गर्छन्, परलोकमा प्राप्त गर्दैनन्। कसैलाई परलोकमा नै कल्याण प्राप्त हुन्छ, यस लोकमा प्राप्त हुँदैन। कसैलाई यो लोक र परलोक दुवैमा परमश्रेय प्राप्त हुन्छ भने कसैलाई न त परलोकमा सुख मिल्छ, न त यस लोकमा नै सुख प्राप्त हुन्छ। यो सबै पूर्वजन्म र यस जन्ममा आपैmंले गरेका कर्मको फलबाहेक केही होइन।

जसका साथमा धेरै धन छ, तिनले आफ्नो शरीरलाई हरतरहले सजाएर नित्य विषयहरुमा रमाउँछन्, विषयसुख भोग्दछन्। सदैव आफ्ना शरीरकै सुखमा आसक्त हुने त्यस्ता मनुष्यहरुलाई केवल यस लोकमा सुख मिल्छ तर परलोकमा त्यस्ता व्यक्तिका लागि सुखको सर्वथा अभाव हुन्छ। जुन व्यक्ति आपूmले गर्नुपर्ने कर्तव्यको पालनाका साथ सर्वप्रथम धर्मको नै आचरण गर्दछन् र त्यस धर्मद्वारा नै न्याययुक्त धनको आर्जन गरी यथोचित समयमा विवाह गरी धर्मपत्नीका साथ यज्ञअनुष्ठान गर्दछन्, त्यस्ता व्यक्तिका लागि यो लोक र परलोक दुवै सुखद हुन्छ। यसका विपरीत जो मूर्ख व्यक्ति न विद्याका लागि, न तपका लागि र न दानका लागि प्रयत्न गर्दछन् अनि न धर्मपूर्वक सन्तान उत्पादनका लागि प्रयत्नशील रहन्छन् त्यस्ता व्यक्तिले न त सुख पाउँछन्, न भोग नै भोग्दछन्। त्यस्ता व्यक्तिका लागि न यस लोकमा सुख छ, न त परलोकमा नै सुख प्राप्त हुनेछ।

हामीले गरिरहेका दुष्कर्मको फल हामी आपैmंले मात्र होइन हाम्रा सन्ततिहरुले पनि भोगिरहेका छन् भन्ने कुरामा हामीले हेक्का राख्दैनौँ। हामीले आपूmलाई फलानाले दुःख दियो भनेर दुःखको कारण अर्कैलाई थोपर्छौं तर आफ्नो दुःखको कारण हामी आपैंm हौँ र हाम्रै कर्म हो भन्ने वास्तविकताको बोध गर्न हामी अग्रसर हुँदैनौँ। नैतिकताका सीमाभित्र रहनुपर्दा हामीलाई जेलमा बसेजस्तै लाग्छ।

हाम्रा सुख र दुःखका विधाता र भोक्ता भनेका अरु कोही नभएर हामी आपैm हौँ अनि हाम्रा सुकर्मको मात्र होइन दुष्कर्मको फल पनि हामी आपैmंले भोग्नुपर्छ भन्ने चेतना जति छिटो हामीमा पलाउँछ र दुष्कर्म छाडेर सुकर्मतर्पm हाम्रा पाइला जति छिटो अग्रसर हुन्छ, हामीलाई त्यति नै छिटो सत्कर्मको सुखद फल पनि प्राप्त हुन्छ भन्ने दिशातर्पm हामी सबैको गम्भीर ध्यानाकर्षण हुनु जरुरी देखिन्छ।
– सुवर्ण उपाध्याय, सुर्खेत
(उत्तरमध्यमा, पहिलो वर्ष)

प्रतिक्रिया दिनुहोस्