रुडुक कार्यालयमा आगजनी



 

डोटी। सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा तोकेको विरुद्धमा आन्दोलित प्रदर्शनकारीले आज ग्रामीण विकास तथा महिला एकता केन्द्र (रुडुक) नेपालको कार्यालयमा तोडफोड तथा आगजनी गरेको छ ।

सरकारले आरजु राण देउवाको इशारामा ७ नं प्रदेशकोे अस्थायी राजधानी धनगढीलाई तोकेको भन्दै आन्दोलनकारीले जिल्ला सदरमुकाम सिलगढीस्थित रुडुक नेपालको कार्यालयमा तोडफोड तथा आगजनी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा उक्त संस्थाका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । देउवा दम्पतीको पुत्ला दहन गरेपछि आन्दोलनकारीले बेलुका करिब ५ः३० बजेतिर रुडुक कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् ।

यसका साथै आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयका तीन वटा गाडी, एउटा मोटरसाइकल, क्षेत्रीय प्रशासन कार्यालयलगायतका क्षेत्रीय कार्यालय र प्रहरी विटमा समेत तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्