‘रुपन्देहीलाइ प्रदेश नं ५ को अस्थायी राजधानी तोक्नु जनमतको कदर ‘



यमलाल भुसाल, बुटवल । सरकारले रुपन्देहीलाइ प्रदेश नं ५ को अस्थायी राजधानी तोकेपछि रुपन्देहीमा क्रिर्याशिल राजनैतिक दल तथा विभिन्न संघ सस्थाहरुले जनमतको कदर भएको र स्वागतयोग्य भएको ठहर गरेका छन ।

नेपाली कांग्रेस, नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी ,जनमुक्तिपार्टी लगायतका दल तथा निजी तथा ब्यबसायीक संघ संस्थाहरुले सरकारको निर्णय रुपन्देही तथा लुम्बिनी अञ्चल वासीका लागि न्याय गरेको बताएका छन ।

राजनैतिक दल तथा व्यवसायीक संघ सस्थाहरुले विज्ञप्ति नै निकालेर सरकारको निर्णय स्वागतयोग्य कदम भएको ठहर गरेका छन ।
नेपाली काँग्रेसका जिल्ला सभापती अब्दुल रज्जाकले एक विज्ञक्ती जारी गरि सरकारको निर्णयको स्वागत गर्नु भएको हो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णयले रुपन्देही तथा लुम्बिनी अञ्चल वासीका लागि न्याय गरेको भन्दै कांग्रेस कार्यकर्ता तथा सर्वसाधारणहरुलाई घरघरमा दिपावली गर्न पनि आग्रह गर्नु भएको छ ।

प्रशस्त पुर्वाधार विश्व शान्तिको मुहान लुम्बिनी रुपन्देही जिल्लामै रहेकोले पांच नम्मर प्रदेशको राजधानी रुपन्देही हुन अत्यान्तै व्यवहारिक रहेको पनि विज्ञक्तीमा उल्लेख गरिएको छ ।

साथै रुपन्देहीलाई नै स्यायी राजधानी बनाउनका लागि नेपाली कांग्रेसले कुनै कसर वांकी नराख्ने भन्दै त्यसका लागि पनि अव बन्ने प्रदेश सभामा दवाव मुलक भुमिका खेल्ने रज्जाकले विज्ञक्ती मार्फत व्यक्त गर्नु भएको छ ।

त्यस्तै एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै यस क्षेत्रका जनताको चाहनाको कदर गर्दै रुपन्देहीलाई राजधानी तोकिएको भन्दै आ–आफ्नो घर र चोक–चोकमा दिपावली गर्न आग्रह गर्नु भएको छ ।

त्यसै गरि बुटवल उद्योग वाणिज्य संघ , रुपन्देही उद्योग संघ , रुपन्देही व्यापार संघ, तिलोत्तमा व्यापार संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन रुपन्देही ,सैनामैना व्यापार संघ, सैनामैना उद्योग वाणिज्य संघ , देवदह उद्योग वाणिज्य संघ ,नेपाल पत्रकार महासंघ रुपन्देही तथा रुपन्देही जिल्लामा संचालित यातायात व्यवसायी संघ सस्थाहरुले पनि सरकारको निर्णयकको स्वागत गरेका छन ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले विहिवार पत्रकार सम्मेलन गरि सरकारले प्रदेस प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकेको विषयको स्वागत गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङले प्रदेश प्रमुख नियुतिmमा समावेसीतालाई ध्यान दिएको समेत धारणा राख्नु भयो ।
जिल्लाका बिभिन्न स्थानमा खुसीयाली साट्दै बुधवार देखि नै दीपावली गरिएको हो । यो खुशीयालीमा विभिन्न राजनितिक दलहरुले जिल्ला भरी नै दिप प्रज्वलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्