कनिस्क र श्रीया बनिन् किड्डी फेस अफ द इअर



काठमाडौं । स्कुले बालबालिकामा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालित ‘किड्डी फेस अफ द इअर’ शनिवार राजधानीमा सम्पन्न भएको छ । बालबालिकाका प्रोत्साहनस्वरुप अयोजित उक्त प्रतियोगितामा भारतीय फेसन इन्डस्ट्रिका तीन जनाको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा बलिउड फेसन डिजाइनर पुष्पा शर्मा, मिसेज यूनिभर्स इन्डिया नर्थ एसिया तथा इलाईट मिसेस इन्डिया २०१६ की विजेता साक्क्षी शर्मा र मिसेज इन्डिया इन्टरनेशनल भिभासियस क्विन २०१७ की विजेता अन्जना श्रीवास्तवको उपस्थिति रहेको थियो । प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह उनीहरुले नेपाल र भारतको फेसन इन्डस्ट्रिलाई जोड्न पहल गर्ने बताए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको विजेता कनिस्क राज बज्राचार्य र श्रीया कुँवर बनेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको उक्त प्रयिोगितामा श्रीजन ओझा र आँचल ढकालले फस्ट रनरअपको उपाधी हात पारे । त्यस्तै, प्रतिक पराजुली र मेरिसा बरालसेकेन्ड रनरअप बने ।

प्रतियोगितामा २७ विद्यार्थीले सहभागिता जनाएको कार्यक्रमका कोरियोग्राफर तथा कम्पनिका फाउण्डर डिरेक्टर राज पैmजूले जनाकारी दिए । त्यस्तै, विजेतालाई संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले उपहारहरू प्रदान गरेकी थिइन् । त्यस्तै मिसेस इन्डिया इन्टरनेश्नल भिभासियस क्विन २०१७ की विजेतालाई रेडियन्टले कम्पनिको तर्फबाट भारतको लागि नेशनल डाईरेक्टरमा नियुक्तसमते गरेको छ ।

प्रतिक्रिया दिनुहोस्