हाछ्युँ रोक्नु हानिकारक



लन्डन, (एजेन्सी)
हाछ्युँ रोक्नका लागि नाक र मुख बन्द गर्नु स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन सक्ने डाक्टरहरुले चेतावनी दिएका छन्। यसले शरीरको संवेदनशील अंगमा चोट लाग्न सक्ने उनीहरुले बताए। हाछ्युँ रोक्ने प्रयासले घाँटी र कानमा नोक्सान पुग्न सक्ने र मस्तिष्कको नसासमेत फुट्न सक्ने चिकित्सकहरुले बताएका छन्। विशेषज्ञहरुले हाछ्युँले रोग फैलिने डर हुन्छ तर कुनै प्रकारको क्षतिबाट बच्न त्यसलाई बाहिर आउन दिनु नै राम्रो हुने सुझाव दिएका छन्। हाछ्युँ वा खोक्ने बेलामा बच्चा वा ठूला सबैले रुमाल वा लुगाले मुख छोप्नु राम्रो हुने पब्लिक हेल्थ इंग्ल्यान्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्