काश्मिरमा गोलाबारी



नयाँदिल्ली, (एजेन्सी)
विभाजित काश्मिरको हिमाली क्षेत्रमा भारतीय तथा पाकिस्तानी सैनिकबीचको गोलाबारीमा ४ पाकिस्तानी सैनिकको मृत्यु भएको जनाइएको छ। उक्त घटनाका लागि एकले अर्कालाई युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएका छन्। सोमबार भारतीय सैनिकसँग भएको अर्को एक गोली प्रहारको घटनामा पाँच संदिग्ध लडाकू मारिएको अधिकारीहरुले जानकारी दिए। काश्मिरको पाकिस्तानी हिस्सामा रहेको इलाकाबाट भारत अधीनस्थ क्षेत्रमा गोली प्रहार भएको उनीहरुले बताए। पाकिस्तानी सेनाले सञ्चार लाइन मर्मत गरिरहेका सैनिकमाथि सीमापारिबाट गोलाबारी गरेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्