प्रहरीको मिलोमतोमा पाथीभराको भेटिमा लुट



रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा संकलित भेटिमा हानथाप हुँदा पाथिभराको विकासमा सुस्थता आउन थालेको छ ।

पाथीभराको विकासका लागि गठित स्थानिय र सरकारी समितिको ध्यान पछिल्लो समय विकास र त्यस भित्र देखिएका बिक्रिति अन्त्य गर्नमा भन्दा कसले भेटि संकलन गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ ।

सरकारी समिति गठन हुनुपुर्व जिल्लामानै २०५१ सालमा गठित स्थानिय समिति पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले पाथीभराको भेटि संकलन र व्यवस्थान गर्दै आए पनि पछिल्लो समय सरकारी समिति पनि कृयासिल बन्दै भेटि सरकारी समितिले संकलन गर्नुपर्ने भन्दै विभिन्न निर्णयमा सरिक हुन थालेपछि विवाद झनै चुलीदै गएको छ ।

भेटिबारे सरकारको पछिल्लो निर्णयले जिल्लामा तरङ्ग
पाथीभराको भेटी संकलनबारे सरकारको पछिल्लो नयाँ निर्णयले जिल्लाका स्थानिय र स्थानिय स्तरमा गठित समितिमा तरङ्ग पैदा भएको छ ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी पाथीभराको भेटी ‘पाथीभरा क्षेत्र विकास समिति’ को खातामा जम्मा गर्न निर्देशन दिएको हो । क्षेत्र विकास समिति सरकारी समिति हो । प्रमुख जिल्ला अधिकारी मोहन जिसीले मन्त्रालयबाट पत्र आएको र अब त्यहीअनुसार हुने बताए ।

संस्कृति मन्त्रालयसँगको समन्वयमा गृहले पत्र पठाएको जिसीले जानकारी दिए । पत्रमा पाथीभरामा संकलित रकम सरकारी सरकारी समितिमा जम्मा गर्नु भन्ने उल्लेख गरीएको प्रमुख जिल्ला अधिकारी जिसिको भनाई छ ।

स्थानिय समितिमा भेटि जम्मा गर्दा भेटि पारदर्शि नभएको आसंकामा सरकारबाट यस्तो निर्देशन आएको स्थानियको बुझाईरहेको छ । यस्तो पत्र आए सँगै भेटिको विवाद अझै चुलिने देखिएको छ ।

हाल भेटि राखिएको समिति नै अबैधानिक
२०४२ सालमा गठित स्थानिय समिति पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले दुई दशक सम्म भेटि संकलन गरी नेपाल बैक सहित जिल्लाका विभिन्न बैकमा खाता खोलि जम्मा गर्दै आएको थियो ।

संकलित भेटिलाई कहिले एक वर्षमात कहिले त्यो भन्दा लामो समयमा स्थानिय सञ्चारमाध्यममा र सञ्चारकर्मि सामु भेटिको चर्चा चलिरहेको समयमा मात्रै सो समितिले सार्वजनिक गर्दै आएको थियो ।

२०५३ सालमा सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन गरेपनि विगत चार वर्ष देखि मात्र सो समितिको सक्रियता बढेपछि पाथीभराको भेटि सरकार मातहतमा आउनुपर्ने चर्चा चल्न सुरु भएको थियो ।

सो समयमा भेटि पारदर्शि नभएको र पाथीभरा क्षेत्रविकास समिति पनि पाथीभराको विकास सहित व्यवस्थापनमा सक्षम भएको भन्दा भेटि सरकारी समितिमा ल्याउने राजनितिक दल, संसद र प्रमुख जिल्ला अधिकारी सहित समितिका पदाधिकारीको प्रयास भयो ।

तर अन्त्यमा दुबै समिति समिलित एउटा समिति बनाउने र सो समितिमा भेटि जम्मा गर्ने निर्णय भए पछि स्थानिय समितिका रणबहादुर कार्किको संयोजकत्वमा सरकारी समितिका कार्याकारी निर्देशक उदय भट्टराई सदस्य सचिव रहने गरी भेटिघाटि व्यवस्थापन समिति निर्माण गर्दै सोहि समितिको खातामा भेटि जम्मा गर्ने सुरु भयो तर सो समिति न कुनै समितिको उप–समिति हो न कहि दर्तानै छ ।

सो अबैधानिक समितिको खातामा अहिले १ करोड ४० लाख भन्दा बढि भेटिको रकम जम्मा गरीएको छ । यस अघिका क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले सो समिति सरकार मातहतको समितिको उपसमिति भएको बताए पनि समितिकै संयोजक रहेका स्थानिय समितिका उपाध्यक्ष रणबहादुर कार्कि सो समिति कुनै समितिको उपसमिति नभई फाल्टै समिति भएको दावि गर्छन ।

यसरी अबैध समितिमा अझै पनि रकम जम्मा गर्ने र सोहि भेटि बापतको रकमबाट पहिलेका स्थानिय समितिले राखेका कर्मचारी र पाथिभराका पुजारीलाई तलब दिन क्रम निरन्तर चलिनै रहेको छ । यसमा स्थानिय प्रशासनको ध्यान गएको देखिदैन ।

पाथीभरामा कति सुन चाँदि संकलन भयो सार्वजनिक छैन
पाथीभरा दर्शनका लागि आउने तिर्थयात्रिले भाकल अनुसार भेटि मात्र नभई ठुलो मात्रामा सुन, चाँदि सहित बिभिन्न सामाग्रि पनि चढाउँने गर्दछन् । कोहि तिर्थयात्रिले एकतोला भन्दा माथिको सुनका गरगहना, त्रिसुल लगायतका विभिन्न महँगा सामाग्रि पनि चढाएको बताउने गरे पनि हाल सम्म पाथीभरा मन्दिरमा कति सुन चाँदि लगायतका बस्तु चढाईएको छ संकलन गरीरहेको समितिले सार्वजनिक गरेको छैन ।

कहिले काँहि भेटि सार्वजनिक गर्दा सुन चाँदिको परीमाण पनि देखाउने गरे पनि न लिलाम नै गरेको पाईएको छ न त सुरक्षित रुपमानै राखेको देखिएको छ । स्थानिय समितिको कार्यालय भएको काठको घरको एक कोठामा धोक्रो र काटनमा सुनचाँदिका टुक्रा, गरगहना, सामान सबै थुपारीएको भेटिन्छ । सो सामाग्रि कर्मचारीले जति छ भन्यो त्यतिनै हो भन्ने विश्वास गर्नु बाहेक अन्य विकल्प छैन ।

पाथीभरामा चढाएको हो कर्मचारीले छलकपट नगर्लान नि भन्ने भगवान भरोसा त्यतिकै भेटि र सुन चाँदि राखेको वषौँ बिति सकेको छ । सुनचाँदिको अबस्था बुभ्mन र फोटो खिच्न सो समितिको कार्यालय पुगेका स्थानिय सञ्चारकर्मि सन्तोस पुर्कुटिलाई समितिका कर्मचारी नविन निरौलाले चावि आफुसँग नभएको क्षेत्र विकास समितिका निर्देशक उदय भट्टराई सँग भएको भन्दै फर्काएको र भट्टराई सँग बुभ्mदा निरौला सँगै भएको भन्ने उत्तर दिएर फर्काएको सञ्चारकर्मि पुर्कुटिले बताए ।

उनले कर्मचारीले यसरी देखाउन नचाहनुमा भेटि र गरगहनाको पारदर्शिता र संकलनमा सहजै संका उब्जिएको बताए । जिल्लाका अधिकाँस स्थानिय पाथीभरामा भेटि संकलन गर्ने कर्मचारी देखि कार्यालयका कर्मचारी सम्मले भेटि घाटिको रकम र सुनचाँदि लैजाने गरेको आसंका गर्छन ।

एक वर्ष अघि पाथीभरा मन्दिर परीसरको भवनबाटै रकम चोरी भए पछि प्रहरीले अनुसन्धान गर्दा चोरि भएको दुई लाख नगद फुरुम्बुको जंगलबाट बरामत गरेको थियो । सो समयमा समितिले सो रकम बाहेक अरु रकम पाथीभरा परीसरमा नभएको बताए पनि प्रहरीले कर्मचारी बस्ने भवनबाट केहि लाखको बिटो समेत बरामत गर्दा कर्मचारी माथिनै संका उब्जिएको तत्कालिन प्रहरी नायव उपरिक्षक राम बहादुर केसिले बताएका थिए । यस्ता घटना बारम्बार दोहोरीए पनि दोसी कर्मचारीलाई न समितिले कारबाहि गर्न सकेको छ नत बरखास्तनै ।

जंगलमा भेटिन्छन् चढाएका साडि र पैसा, सुरक्षा दिने प्रहरीको पनि मिलेमतोको आसंका
केहि दिन अघि मात्रै पाथीभरा क्षेत्रको जंगलमा अस्थाई प्रहरी चौकि माथिल्लो फेदिका असई सम्पद यादबले पाथीभरामा चढाएको साडि सहित केहि हजार नगद सहितको पोको फेला पारे । फेला पारेको सो पोको भेटिघाटि व्यवस्थापन समितिलाई जिम्मा लगाए ।

सो पोकोमा कतिवटा साडि र कति रकम थियो अहिले सम्म कसैले खुलाएको छैन । सो पोको पाथीभरा मन्दिरमा समितीले खटाएको कर्मचारी र स्वयम सेवकले चोरी गर्ने प्रयासमा लुकाएको हुन सक्ने प्रहरीको आसंका रहेको छ ।

तर प्रहरीले यस्तो सामान फेला परी समितिलाई बुझाईरहदा प्रहरी भित्र पनि केहि दिन अघि भेटिकै विषयलाई लिएर कुटाकुट भएको माथिल्लो फेदिका स्थानियले बताएका छन् । माथिल्लो फेदि नजिकै रहेको पाथीभराको प्रबेश स्थल कान्छि थानमा चढाएको भेटिको विषयलाई लिएर अस्थाई प्रहरी चौकिका प्रहरी बिच कुटाकुट सम्मको स्थिति भएको माथिल्लो फेदिका एक होटब व्यवसायिले नाम नबताउने सर्तामा अनलाईनखबरलाई बताए ।

सो प्रहरी चौकिमा कार्यरत प्रहरी विचि सो कान्छि थानबाट संकलित भेटिनै बाँडफाड हुने गरेको उनको दावि रहेको छ । सो भेटि बाँडफाँडमा कुरा नमिल्दा उनिहरु बिच हातहालाहालको इस्थिति भएको स्थानियले बताएका छन् ।

सो घटना पछि जिल्ला प्रहरी कार्यालयमा केहि प्रहरीलाई झिकाए पनि आवस्यक कारवाहि र अनुसन्धानलाई भने प्रहरीले गोप्य राखेको प्रहरी स्रोतले बताएको छ । माथिल्लो फेदिमा रहेको अस्थाई प्रहरी चौकिमा कमाई राम्रो हुने भएकाले सो स्थानमा सरुवा जान प्रहरीको तानातान र ठेलमठेल हुनेगरेको प्रहरीहरुनै बताउँछन् ।

जिल्लामा रहेका प्रहरी अधिकारीलाई फकाउन सक्ने प्रहरी सो अस्थाई प्रहरी चौकिमा वषौ वर्ष बस्ने गरेका छन् । यसको ज्वतन्त उदाहरण आठ वर्ष देखि सोहि चौकिमा कार्यरत प्रहरी जवान ज्ञानु घिमिरे हुन । उनको नत कतै सरुवानै भएको छ नत जिल्लामानै तानिएका छन् ।

सरकारी समितिको अध्यक्ष जिल्लामा नबसको स्थानियको गुनासो
पाथीभराको विकासका लागि गठन गरीएको सरकारी समितिको अध्यक्ष सरकारले नियुक्ति गर्ने प्रावधान छ । अहिले पाथीभरा क्षेत्र विकास समिति अध्यक्षमा साउनदेखि झापाका स्थाई बासिन्दा हाल काठमाडौं बस्दै आएका पुष्प बहादुर बरुवाल लाई सरकारले नियुक्त गरेको छ ।

पाथीभरा भित्र विभिन्न समस्या भईरहदा समेत समिति अध्यक्ष बरुवाल जिल्लामा बसेर काम गर्नुपर्नेमा जिल्ला बाहिर बसेको स्थानियको गुनासो रहेको छ । नियुक्त हुने वित्तिकै बरुवाल स्थानीय नभएको भनी आलोचना समेत भएको थियो ।

तर क्षेत्र विकास समितिको गठन आदेशमा जिल्लाकै व्याक्तिलाई मात्र नियुक्ति गर्नुपर्ने नियम नभएकाले सरकारले जुनसुकै जिल्लाको व्याक्तिलाई पनि अध्यक्ष तोक्न सक्ने कार्यकारी निर्देशक उदय भट्टराईले बताए । यता पुर्व अध्यक्ष सजन पौडेलले पाथीभरा मन्दिर ताप्लेजुङको मात्रै नभई देश विदेश जता बाट पनि तिर्थयात्रि आउने भएकाले पाथीभरको समितीको व्याक्ति कताको भन्दा पनि विकासको लागि काम ग¥यो कि गरेन भन्ने कुरा महत्वपुर्ण हुने बताए ।

पाथीभरा मन्दिरलाई सानु रुपमा खुम्च्याउनु नहुने बताउँदै पौडेलले पाथीभराको विकासका लागि सरकारले अझै बृहतर समिति बनाउनुपर्ने आवस्यकता रहेको उनको सुझाव समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्