अस्ट्रेलियन ओपनमा स्तब्ध नतिजा



मेलबर्न, (एजेन्सी) ।

आजबाट शुरु भएको अस्ट्रेलियन ओपनमा महिला सिंगल्समा स्तब्ध नतिजाहरु आएका छन् ।

वर्षको पहिलो ग्रान्डस्लामअन्तर्गत सोमबारको खेलमा गत वर्षको रनर अप भेनस विलियम्स पराजित भइन् ।

स्विजरल्यान्डकी बेलिन्डा बेन्चिचले अमेरिकी खेलाडीलाई ६–३, ७–५ ले हराएकी छिन् ।

त्यस्तै युएस ओपनमा च्याम्पियन बनेकी अमेरिकाकै स्लोन स्टेफेन्स पनि पहिलो चरणबाटै विदा भइन् । उनी चीनकी झाङ शुआईसँग २–६, ७–६, ६–२ ले हारेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्