चिसोका कारण बिरामीको संख्या बढ्दै



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको जिल्ला अस्पत्ताल सल्लेमा उपचार गराउन आउने विरामीहरुको संख्या दिनहुँ बढ्ने गरेको छ । चिसो बढ्दै गएपछि जिल्लाका विभिन्न ठाउँबाट उपचारका लागि जिल्ला अस्पत्तालमा आउने विरामीहरुको संख्या बढेको हो ।

अस्पत्तालमा श्वासप्रश्वास, रुघाखोकी, झाडापखाला, नाक, कान, घाँटी, दम, तथा छाती दुख्ने लगायतका विरामीहरु उपचारका लागि आउन थालेका छन् । चिसोकै कारण वृद्धवृद्धाहरु पनि श्वासप्रश्वास तथा दमको समस्या देखाउँदै अस्पत्ताल भर्ना हुने गरेको जिल्ला अस्पतालको डाक्टर सविन पोख्रेलले बताउनुभयो ।

चिसोले दिनहुँ बालवालिकाहरुमा समेत झाडापखालाको संक्रमण बढेको छ । झाडापखालाकै कारण केही दिन अघि जिल्ला अस्पत्ताल सल्ले रुकुममा उपचारका लागि पाँचवर्ष मूनिका वालबालिकाहरु भर्ना भएका छन् । अस्पत्तालका अनुसार हाल जिल्ला अस्पत्ताल सल्लेमा औषधीको मात्रा भने प्रयाप्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्