पाँच किलो फोहोर संकलन गर्नेलाई एउटा फुटबल उपाहार



रामधन राई, खोटाङ ।

खोटाङ–३०, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको फोहोरमुक्त नगर निर्माण अभियान अन्र्तगत पाँच किलो प्लास्टिकजन्य फोहोर संकलन गर्ने खार्मीका हरेक समुहलाई एक–एकफुटबल प्रदान गरिएको छ । नगरपालिकाको ११ नम्बर वडामा पर्ने खार्मीले आाफ्नो वडा सफा र सुन्दर बनाउने अभियान सफल बनाउन गरेको निर्णय अनुरुप पाँच किलो फोहोर संकलन गर्ने १० समुहलाई एक–एक फुटबल प्रदान गरिएको हो ।

वडाभित्रका सार्वजानिक क्षेत्रबाट प्लाष्टीकजन्य फोहोर ब्यवस्थापनका लागि पुस मसान्तसम्मका लागि तय गरिएकोप्रोत्साहन सहितको रचनात्मक अभियानमा सहभागी गैरीखानीका बाल, युवा तथा प्रौढ समुहलाई एक–एक थान फुटबल प्रदान गरिएको वडा सचिब चित्र सुबेदीले बताउनुभयो । यस्तै, कालिका माबि आसपासमा फोहोर संकलन गर्ने चार ४ समुह, खानीडाँडाका एक तथा बर्मालीगाउँको एक टोलीलाई एक–एक थान फुटबल प्रदान गरिएको सचिब सुबेदीको भनाई छ ।साबिकको २ र ३ नम्बर वडामा पनि फोहोर संकलन भईरहेकोले सो समुहहरुलाई समेत फुटबल प्रदान गरिने जनाईएको छ ।

फुटबल प्राप्त गर्ने समुहहरुले प्रोत्साहनको मापदण्डभन्दा अति धेरै प्लास्टिक तथा अन्य प्रकारका फोहोर संकलन गरेको बताईएको छ । संकलित फोहोरलाई जलाउनका साथै खाल्डोमा ब्यवस्थापन गर्ने गरिएपछि वडा सफा, सुन्दर तथा स्वच्छ बन्दै आएको छ ।

सरसफाई अभियानलाई निरन्तरता दिँदैप्रत्येक घरमा फोहोर संकलन गर्ने टोकरी राख्ने, जथाभाबी फोहोर गर्नमा रोक लगाउने जस्ता कार्यलाई तीब्रता दिने वडाको योजना छ ।

रुपाकोट मझुवागढी नगरपालिकाले गत पुस ५ गतेदेखि बृहत सरसफाई सप्ताहको आयोजना गर्दै नगर सरसफाई कार्यक्रमलाई गति दिएको थियो । ‘पुरानो फोहोर हटाउ’ अभियानलाई सफल बनाउन सरसफाई कार्यक्रमलाई निरन्तरता दिईरहेको जनार्ईएको छ । हाल नगरभित्र पर्ने सदरमुकाम दिक्तेलबजार लगायतका अन्य स्थानहरु समेत सफा, सुन्दर र स्वच्छ बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्