पूर्वराजा सुर्खेत जाँदै



ईश्वरराज ढकाल, काठमाडौँ।
सुदुरपश्चिम र मध्यपश्चिमको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सुर्खेत भ्रमणमा जाने भएका छन् । ४ दिन अघि भारतको लखनउबाट फर्केका उनी हाल नेपालगञ्जमा रहेका छन् । उनले हिजो नेपालगञ्ज स्थित सोल्टी होटलमा हुम्ला जुम्ला र मुगुका जनतासँग भेट गरेका थिए । बुधबार सुर्खेत जान तयारीमा रहेका पूर्वराजाको रेकि टोली आज सुर्खेत पुगेका छन् । पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सीना सहितको सुरक्षा टोली सुर्खेत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्