इन्टरपोलको सहयोगमा सिंजाली पक्राउ



काठमाडौं, (नेस)
युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली शनिबार काठमाडौं विमानस्थलबाट पक्राउ परेका छन्। इन्टरपोल कतारले कतार एयरवेजको उडानद्वारा सिंजालीलाई शनिबारै नेपाल फिर्ता पठाएको थियो। २०७३ साल पुस ४ गते मनोज पुनको समूहले तिवारीको हत्या गरेको थियो। उक्त हत्यामा संलग्न सिंजाली फरार भएका थिए।

प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता मनोज नेउपानेले इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयका आधारमा सिंजालीलाई पक्राउ गर्न सकिएको बताउनुभयो। प्रहरीका अनुसार कारबाहीका लागि सिंजालीलाई इलाका प्रहरी कार्यलय बुटवल पठाइनेछ।

प्रतिक्रिया दिनुहोस्