छोरी जन्माउने ४८ आमालाई प्रोत्साहन भत्ता



विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार भत्ता दिने निर्णय गरेसंगै हालसम्म ४८ जना आमाहरूलाई प्रोत्साहन भत्ता दिएको छ ।

स्वास्थ्य सस्थामा आएर छोरी जन्माउने ४८ आमालाइ नेपाल सरकारले दिदै आएको सस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप चार सय बाहेक गाउँपालिकाले दिएको थप एक हजार प्रोत्साहन भत्ता बितरण गरीसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । उहाँले भन्नुभयो“ आ.व.२०७४÷७५ को साउनदेखि कात्तिकसम्ममा ४८ जना आमाहरूलाई सो रकम वितरण गरिसकेका छौं”

गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुसि भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए बाफत गाउँपालिकाले प्रोत्साहन भत्ता दिदा जन्मिीएका बालबालिकालाइ न्यानो लुगा कपडा किन्न सजिलो भएको दोगडाकेदार ६ का रुवसी बिकले बताउनुभयो । “पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो”उहाँले भन्नुभयो“ दोगडाकेदार गाउँपालकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ ।”

यो कार्यले आमाहरूलाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वति कार्किले बताउनुभयो । उहाँले भन्नुभयो“छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको हो” हाम्रो समाजमा झौ पनि छोरा र छोरी भनेर विभेद गरिन्छ उहाँले भन्नुभयो“छोराछोरी बीचको विभेद अन्त्य हुने विश्वास लिएका छौं  ।”

गर्भाअवस्थामै छोरी भए गर्भ फाल्ने तथा भु्रणहत्यामा कमी ल्याउनका लागी गत भदौवाट प्रोत्साहन दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । महिलालाई हेर्ने दुष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो “छोरी जन्माउदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकोले यसको परिवर्तन गर्न आवश्यक छ ।”

छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस्