असफल र लज्जास्पद भयाे केसीकाे १४औं अनसन



काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ ।

पुस २८ गते  साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भई अनशन तोडने सहमति भएको हो  ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले अाज डां केसीले अनशन तोड्ने जानकारी दिएका हुन्  । उनी ६  दिनदेखि अनशनमा छन्  । पुस २४ गते  सोमबार साँझ प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन शुरू गरेका थिए ।

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई पुस २६ गते बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

अहीले  बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्ने डा सिहले जानकारी दिए । यो डा. केसीको पछिल्लो १४ औं असफल र लज्जास्पद  आमरण अनशन हो ।

प्रतिक्रिया दिनुहोस्