व्यवसायी सहकारीको साधारणसभा सम्पन्न



काठमाडौ,(नेस)
व्यवसायी बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ साधरणसभा सम्पन्न भएको छ। सहकारीले आव २०७४⁄७५ मा शेयर पुँजी १ करोड ५० लाख रुपियाँ हुने अनुमान गरेको छ भने आव २०७३⁄७४मा १ करोड २७ लाख २१ हजार रुपियाँ रहेका थियो।

त्यस्तै संस्थाको निक्षेप संकलन ३ करोड हुने अनुमान गरिएको छ आव २०७३⁄७४मा १ करोड ९७ लाख रहको थियो। कर्जा लागानी २ करोड ८१ लाख २५ हजार ७ सय ५५ रुपियाँ रहेकोमा आगामी वर्ष ३ करोड ९० लाख रुपियाँ पुर्याउने लक्ष्य संस्थाले जनाएको छ। नगद मौज्दात ४५ लाख ३९ हजार रहेकोमा आगामी वर्ष ५० लाख पुर्याउने लक्ष्य लिएको छ। गत वर्ष सहकारीले ५१ लाख आम्दानी गरेको थियो भने यसवर्ष ६५ लाख आम्दानी गर्न लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्