म्यानचेस्टर सिटीको अर्को रेकर्ड



लन्डन, (एजेन्सी)
पेप गार्डियोलाको टोली म्यानचेस्टर सिटीले सबै जसो प्रतिस्पर्धामा लगातार १६ खेल जितेर रेकर्ड बराबरी गरेको छ । मंगलबार राति काराबाओ कपको सेमिफाइनल पहिलो लेगमा म्यानचेस्टर सिटीले ब्रिस्टल सिटीलाई २–१ ले हराएको हो । १–१ बराबरी भइरहेको स्थितिमा सर्जियो अग्वेरोले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेर जित संभव पारेका थिए । यो जितसँगै टोलीले झण्डै १ सय वर्षमा दोस्रो उत्कृष्ट सिजन बनाएको छ । यसअघि यसअघि १९२०–२१ सिजनमा सबै प्रतिस्पर्धामा गरी लगातार १६ खेल जितेको रेकर्ड बनाएको थियो ।

म्यानचेस्टर सिटीको यस सिजन रेकर्डले भरिएका छन् । बार्सिलोनालाई दर्जनौं उपाधि दिलाएका गार्डियोलाको टोलीले सेप्टेम्बरमा लिभरपुललाई ५–० ले हराएर क्लब रेकर्ड बनाएको थियो । यो क्लबको ८० वर्षमा ठूलो जित थियो । त्यस्तै प्रिमियर लिगमा लगातार जित्नेको रेकर्ड दर्ता ग¥यो । यसैगरी २०१७ वर्ष समाप्त हुदा र नयाँ वर्ष आउँदा टोलीको लिगको इतिहासमा सबैभन्दा फराकिलो अग्रता बनाएको रेकर्ड बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्