आना र रसीलाई उपाधि



स्टार वन इन्टरटेनमेन्ट प्रालिले सोमबार राति राजधानीमा एकै मञ्चमा विवाहित र अविवाहित महिलाबीच आयोजना गरेको २ सौन्दर्य प्रतियोगितामा आना आचार्य मिसेस नेपाल टुरिजम र रसी सुवेदीले मिस टिन टुरिज्म २०१८ को ताज चुमेका छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिसेस नेपाल टुरिजम २०१८ मा नयाँ बानेश्वरकी आना आचार्य मिसेस नेपाल टुरिजमका साथमा बेस्ट स्किन उपाधि विजेतासमेत भएकी छिन्। उनी काठमाडौं मेडिकल कलेजकी डक्टर तथा फार्माकोलोजीको लेक्चरर हुन्।

त्यसै गरी रेडियो नेपालकी सञ्चारकर्मी तीनथाना निवासी सन्तु श्रेष्ठ फस्ट रनर्सअप र बेस्ट पर्फमर, कुसुन्तिकी अनिका दाहाल सेकेन्ड रनर्सअप र बेस्ट स्पिच तथा छाउनी अस्पतालकी चिकित्सक रहेकी सामाखुसीकी राधिका सापकोटा थर्ड रनर्सअप र मस्ट ट्यालेन्ट भएका छन्। प्रतियोगितामा तिलक्ष्मी भण्डारी मस्ट पपुलर र भ्युवर्स च्वाइस, रेसु श्रेष्ठ मिसेस क्याटवाक र फेसबुक च्वाइस, बबिता थापा गजुरेल बेस्ट हेयर, मनीषा अधिकारी मस्ट फोटोजेनिक, माया बुढा बेस्ट स्माइल, स्विटी मानन्धर बेस्ट पर्सनालिटी, अञ्जली श्रेष्ठ बेस्ट फिजिक, पवित्रा आले मगर मिसेस कन्जिनियालिटी, लालमति थापा मगर मस्ट डिस्पिलिन, मोबिना घिमिरे ब्युटी विथ पर्पस, प्रतीमा केसी मस्ट चार्मिङ, प्रतीमा गच्छदार बेस्ट डान्स, सिम्रन सिलवाल सोसियल्ली रेस्पोनसिवल, बिन्दु श्रेष्ठ मस्ट एक्टिभ, मञ्जु अवाले कर्ण मस्ट आइकोनिक आइज, शिवानी साह बिस्ट बेस्ट आर्टवर्क, जस्मिन खनाल बेस्ट फिटनेस, गीता खनाल मिसेस ब्युटिफुल, रश्मी शाक्य मस्ट क्रियटिभ, बबुना पखाली मस्ट इन्टेलेक्चुअल, अञ्जना श्रेष्ठ मस्ट डिजर्भिङ, सरिता गौतम म्यानेजमेन्ट च्वाइस, चोक माया गुरुङ बेस्ट सिंगर, सम्झना श्रेष्ठ रावत मिसेस बब्ली फेस, प्रतीमा श्रेष्ठ मस्ट डाइनामिक, सुशीला बुढाथोकी मस्ट फ्रेन्डली र सविना दुलाल लामिछाने ब्युटी विथ रेस्पोनसिबिलिटीको विजेता भएका छन्।

मिस टिन टुरिज्म २०१८ तर्फ रसी सुवेदी मिस क्याटवाक र ब्युटी विथ प्रपोजका साथमा मुख्य उपाधि विजेता भएकी छिन् भने सूर्यविनायककी सम्विदा ओझा फस्ट, बालाजुकी रमिना बिस्ट सेकेन्ड, बालुवाटारकी प्रशंसा पौडेल थर्ड रनर्सअप र बेस्ट स्किन चुनिएका छन्। प्रतियोगितामा पूजा गुरुङ मस्ट पपुलर, प्रन्याहा जोशी बेस्ट हेयर, श्वेता थापा मस्ट फोटोजेनिक, रबिना विष्ट बेस्ट स्माइल, एलिसा राई बेस्ट फेसन आइकन, आस्मा खड्का बेस्ट फर्सनालिटी, शिला कोजु बेस्ट फिजिक, अन्जिता छन्त्याल फेसबुक च्वाइस र बेस्ट स्पिच, सुगन्धा चौधरी मिस कन्जिनियालिटी, प्रिया महर्जन मस्ट डिसिप्लेन, सम्विदा ओझा मस्ट चार्मिङ, पूजा गुरुङ मिस ट्यालेन्ट, सुमिगा लामिछाने बेस्ट डान्स, मेघना महर्जन सोसियल्ली रेसपोन्सिबल, सञ्चिता भट्टराई मस्ट एकटिभ र रिया हरिजन मस्ट आइकनिक आइज भए। अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा भएको कार्यक्रममा पूर्वमिस नेपाल उषा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, अभिनेता गजित बिस्ट, समाजसेवी वसन्त कुँवर, नेपाल आयल निगमका पूर्वनिर्देशक सीताराम पोखरेल तथा शिक्षक एवं संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्