कसरी काट्ने पुष माघ ?



काठमाडौंमा माइनस २ पुगिसक्यो, पहाडी हिमाली जिल्लामा के कुरा गर्नु, तराई मधेशमा मान्छे मरेको मरै छन। चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न बर्षको विजोग अबस्था भएको छ। पूर्वी नेपालको तराई मधेस र पश्चिम नेपालको पहाडी जिल्लाहरुमा बढ्दै गरेको चिसोको कारण झण्डै डेढ दर्जन नागरिकको अकालमै मृत्यु भईसकेको छ। जाजरकोटमा एक साताअघिदेखि फैलिएको भाइरज्वरोका कारण नौ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी बिरामी परेका छन्। मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा छन्। चिसो बढेसँगै देशभरका अस्पतार स्वास्थ्य चौकीहरुमा बिरामीको चाप पनि बढेको छ। चिसोसँगै भाइरज्वरोको प्रकोप अझै बढ्ने संभावना देखिएको छ। सम्पन्न व्यक्तिहरुभन्दा विपन्न वर्गमा शीतलहर र भाइरज्वरोको प्रकोप देखिएको छ। पश्चिम नेपालको जुम्ला र हुम्ला जिल्लामा तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ। त्यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ। मुगुमा पनि ५÷६ जना चिसोकै कारण मृत्यु भएको छ। पूर्वी तराईका विभिन्न जिल्लामा विद्यालयहरु जाडोको कारण बन्द भएका छन्।

तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरुको बर्से्नि चिसोले कठ्याँग्रिएर मृत्यु हुने गरेको छ। बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरुमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको संख्या बढेको छ। चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्नेजस्ता समस्याले पीडित मानिसहरु बढेका छन्। चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन। तत्काराहत उपलब्ध गराउन पीडित पक्षले माग गर्दै आएका छन्। पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सुसहित शीतलहर परेका कारण जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको छ। चिसोको कहरले हरेक वर्ष गरिब तथा विपन्न मानिसको अकालमै मृत्यु हुने गरे पनि सरकारले न्यानो कपडा वितरण गर्न सकेको छैन। तराईमा फुसको छानामा बस्नेहरुको आङमा न्यानो कपडा नपरेरै मृत्यु हुनुपर्ने नियति छ। महोत्तरी, सिरहा, सप्तरीलगायत धेरै जिल्लामा बसोबास गर्ने मुसहर, माझी, दलितलगायतका समुदाय चिसोको चपेटामा परेका छन्। उनीहरुलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरुलाई उचित उपचारको व्यवस्था मिलाउन जरूरी देखिन्छ।
अझैसम्म घर नबनाएका भूकम्पपीडित टहरोमै बस्न विवश छन्। तराईका जाडोपीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन। यस्तै पहाडी क्षेत्रमा भूकम्पप्रभावितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै घर निर्माण गर्ने वातावरण नमिलाउँदा समस्या झनै बढेर गएको छ। यी सबै प्रतिकूपरिस्थितिको मार खेप्न विवश भएका छन, गरिब र विपन्न जनता। केही दिनयता चिसो ह्वात्तै बढेको छ। तत्काचिसोबाट जोगिन अस्थायी उपाय अपनाउनुको विकल्प छैन। पूर्वी तराईलगायत पश्चिम नेपालका क्षेत्रमा जनप्रतिनिधि तैनाथ भइसकेकाले अब चिसोको चपेटामा परेकाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई तत्काराहत दिने व्यवस्था जनप्रतिनिधिले थालनी गर्नुपर्छ। सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ताकपडा र खाद्यान्नसमेत व्यवस्था गर्नु जरूरी हुन्छ। चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ। त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ। चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहगर्नु आवश्यक देखिएको छ। नेपासरकारले यो विषयलाई गम्भीता पूर्वक लिओस।

चिसोबाट जोगिन धूवाँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmतथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोपदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ। यसका अतिरिक्त धूलो, धूवाँ, चिसो र सङ्क्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ। शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन। सबै नागरिस सचेत बनेर पुष र माघलाई कसरी सकुशधकेल्ने भन्ने विषयमै केन्द्रत हुनुपर्ने भएको छ। विरामी र केटाकेटीका लागि कालकै रुप भएर चिसो आएको छ। चिसो र हुस्सुबाट जोगिर खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्