पार्टी एकता छिट्टै



पुष्कर बुढाथोकी, भक्तपुर
नेकपा एमालेले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले छिटो पार्टी एकताको कामलाई टुंग्याउने बैठकले निर्णय गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो।

एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँड र वैचारिक मतभेद टुंगो लगाउन आवश्यक परे कार्यदलसमेत बनाएर अघि बढ्ने र छिट्टै पार्टी एकता अगाडि बढाउने निणय गरेको छ।

सचिव भट्टराईले भन्नुभयो– ‘भोपिार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताका निम्ति आवश्यक पर्ने सैद्धान्तिक, वैचारिक र संगठनात्मक आधारलगायत यसको व्यवस्थापनको सन्दर्भमा प्रस्ताव र एकता संयोजन समितिले कार्यदबनाउने र त्यसले प्रस्तावसमेत बनाएर पदलगायत आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ।’

मंगलबार बालकोटमा बस्ने पार्टी एकता संयोजन समितिले माओवादी र एमालेका तर्फबाट नेताहरू सम्मिलित गराई कार्यदबनाउने निर्णय गरेको एमालेले जनाएको छ। स्थायी कमिटी बैठकमा नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका सन्दर्भमा पछिल्ला दिनमा भएका प्रगति बारेमा अध्यक्ष ओलीले बैठकसमक्ष जानकारी गराउनुभएको छ।

सचिव भट्टराईले भन्नुभयो– ‘दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरणको छलफसकारात्मकरूपमा अघि बढेको छ र पार्टी एकताले गति लिएको छ, त्यो प्रगतिका दिशामा छ। भोपिार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताका निम्ति आवश्यक पर्ने सैद्धान्तिक, वैचारिक र संगठनात्मक आधारलगायत यसको व्यवस्थापनको सन्दर्भमा प्रस्ताव र आवश्यक परे कार्यदलसमेत बनाएर अघि बढ्ने बैठकले निर्णय गरेको छ।’

तराई मधेसका जनतालाई शीत लहरबाट बचाउन सरकारलाई विभिन्न उपाय अवलम्बन गर्न, राहत र सुविधा दिन बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। एमाले बैठकले तराईमा शीतलहरले जनजीवन प्रभावित भए पनि सरकारले कार्यकर्तालाई मात्रै विभिन्न शीर्षकमा रकम वितरण गरेको भन्दै शीतलहर प्रभावितलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ।

माओवादी केन्द्रको रोडम्याप

काठमाडौं, (नेस)

नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै नेकपा एमालेसँग पार्टी एकीकरण गरेर जानुपर्ने एजेन्डा तय गरेको छ।

नयाँ सरकार गठन गर्नुअघि नै एउटै पार्टी निर्माण गरेर जानुपर्ने एजेन्डालाई एकता संयोजक समितिको बैठकमा लैजाने भएको छ। माओवादी केन्द्रले एमालेसँग पार्टी एकीकरण गर्दा एक पद एक व्यक्तिअनुसार गर्नुपर्नेमा जोड दिने भएको छ। माओवादी केन्द्रले निर्वाचनअघि भएको ६ बुँदे सहमति र निर्वाचनअघि बनेको वाम गठबन्धनलाई जनताले अनुमोदन गरेको बताउँदै पार्टी एकता नै अहिलेको आवश्यकता भएको बताएको छ।

माओवादी केन्द्रले पार्टी एकतापछि बन्ने सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेको अवस्थामा पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदाहॉप्रचण्ड’ले पाउनुपर्ने अडान राख्दै आएको छ।

माओवादीका एक नेताका अनुसार आइतबार साँझ ओली र प्रचण्डबीच भएको वान टु वान वार्तामा पद बाँडफाँडमा मोटोमोटी सहमति जुटेको छ। उनले भने– ‘पद बाँडफाँडमा अब धेरै ठूलो समस्या छैन, पार्टी एकता गर्दा नेताहरूको व्यवस्थापनको बारेमा नै उत्पन्न भएको जटिलता कसरी समाधान गर्ने भन्ने विषयमा छलफकेन्द्रित छ।’

एकता संयोजक समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्नका लागि सोमबार माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच छलफभएको छ। छलफलमा प्रचण्डले ओलीसँग भएको कुराकानीको बारेमा जानकारी गराउनुभएको थियो। एकता संयोजक समितिमा माओवादीबाट प्रचण्ड, श्रेष्ठ र थापा रहनुभएको छ।
माओवादी केन्द्रका नेता रामबहादुर थापाले एकताप्रक्रियालाई कसरी बढाउने भन्ने विषयमा छलफभएको बताउनुभयो। उहाँले नेपासमाचारपत्रसँग भन्नुभयो– ‘राजनीतिक सैद्धान्तिक र वैचारिक विषयहरू मिलाएर अगाडि बढ्ने, संगठनात्मक विषय टुंगो लगाउने बारेमा कुराकानी भएको हो।’

प्रतिक्रिया दिनुहोस्