ग्लोबल आईएमई बैंकद्वारा प्रभातफेरी



काठमाडौं, (नेस)
ग्लोबल आईएमई बैंकले ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। ‘बचत गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक समितिका पदाधिकारीलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रभातफेरी बैंकको कान्तिपथ शाखादेखि शुरू भएर दरबारमार्ग, कमलादी, कमलादी गणेशथान, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर अस्पताल, जमल हुँदै पुनः कान्तिपथ शाखामा नै पुगेर समापन भएको थियो।

बैकले काठमाडौं उपत्यकामा मात्र नभएर काठमाडौं बाहिर नारायणघाट, नेपालगन्ज, बुटवल, भैरहवा, लाहान, पोखरालगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो। ११औं वार्षिकोत्सव विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि आन्तरिक फुटसल तथा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ अन्य कार्यक्रम आयोजना गर्ने क्रममा रहेको छ।

स्थापनाको एक दशक नबित्दै ग्लोबल आईएमई बैंक बैंक अफ द इयर तथा वेस्ट इन्टरनेट बैंकिङ अवार्डबाट समेत सम्मानित भईसकेको छ। ११३ शाखा, १२३ एटीएम, ३ वटा देशमा सम्पर्क कार्यालय, ४ वटा एक्टेन्सन काउन्टर, ५८ शाखारहित बैंकिङ सेवा रहेको बैंकले ८ लाखभन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ। त्यस्तै बैंकले अष्ट्रेलिया, युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्