जेसीबीका तीन नयाँ एस्काभेटर बजारमा



काठमाडौं, (नेस)
नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ। एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलोपटक नेपाल भित्र्याएको हो।

नयाँ प्रोडक्ट लाइन–अपसँगै जेसीबीले आफूलाई पूर्ण निर्माण उपकरण साझेदारका रुपमा स्थापित गरेको छ। नेपालको तीन वटै तहका निर्वाचनसम्पन्न भएसँगै भौतिक पूर्वाधार निर्माणले गति पाउन थालेको परिप्रेक्षमा एस्काभेटरका नयाँ मोडेल नेपाल ल्याइएका हुन्। ‘लामो समयदेखि रोकिएको विकास निर्माणको कार्य अब सुचारु भएको छ।

विभिन्न प्रकारका निर्माणका लागि आवश्यक फरक क्षमताको माग भएका कारण हामीले नयाँ एस्काभेटरहरू नेपाली बजारमा ल्याएका हौं।’ राजधानीमा आयोजित जेसीबी कन्क्वेस्ट इभेन्टमा एमएडब्लु अर्थमुभर्स प्रालिका सेल्स एन्ड मार्केटिङ हेड दीपकराज गिरीले भन्नुभयो–‘अब हामीसँग एस्काभेटरको कम्प्लिट रेन्ज उपलब्ध छ।’ नेपाली बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस २०५, जेसीबी २२० एलसी एक्स्ट्रा पहिलेदेखि नै उपलब्ध छन्।

एमएडब्लु अर्थमुभर्सले केही समयअघि मात्र २० प्रतिशत डाउन पेमेन्ट अफर ल्याएको थियो जुन नेपालमै पहिलो पटक थियो। एनसीसी बैंकसँगको सहकार्यमा शुरू भएको यो योजनामा एमएडब्लुले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ग्राहकलाई जेसीबी ब्रान्डका कुनै पनि मेसिन उपलब्ध गराउँदै आएको छ।

देशभर १२ स्थानमा ‘थ्री एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक बिक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवा दिँदै आएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्