पर्बतमा गर्भपतन गराउने बढे, किशोरीको संख्या अधिक



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लामा सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढ्न थालेको छ ।
मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराउनेहरु अघिल्ला बर्षमा भन्दा बढी भेटिएका हुन ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतको परिवार नियोजन शाखाका अनुसार आर्थिक बर्ष २०७३०७४ मा १ हजार १ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन । प्रजनन स्वास्थ्य सचेतनाको  अभावका कारण गर्भपतन गराउनेहरुको  संख्या वर्षेनि थपिदै  गइरहेको  छ । गत बर्ष २०७२/०७३ को एक वर्षको  अवधिमा पर्बतमा झण्डै एक हजार जनाले गर्भपतन गराएको  भएपनि यस बर्ष भने गर्भपतन गराउनेको सख्या बढेको परिबार स्बाथ्थ कार्यक्रमको फोकल पर्सन सीमा कंबरले जानकारी दिनुभयो ।

जसमा १५ देखि ४० वर्ष उमेर समुहका महिलाहरुले गर्भपतन गराएका छन् । जिल्लाभित्र रहेका बिभिन्न स्बास्थ सस्थाबाट गरी ११ सय ५४ जनाले गर्भपतन गराएका छन् । त्यसमध्ये सबैभन्दा धेरै जिल्ला अस्पताल पर्बतबाट गर्भपतन गराउनेको सख्या बढी देखिएको छ भने, अन्य स्बास्थ चौकीबाट पनि गर्भपतन गराउनेको सख्या बढिरहेकोे कंबरले जानकारी दिनुभयो । उहाका अनुसार देबिस्थान स्बास्थ चौकी तथा हुबास स्बास्थ चौकी लगायत अन्य ग्रामिण स्बास्थ संस्थाबाट गर्भपतन गराउने बढेको पाईएको हो । छोरा भएका आमावुबालाई छो री र छोरी छोराको  इच्छा होस् वा अनिच्छित गर्भ होस, त्यसको  सजिलो  माध्यम नै  गर्भपतन भएको  छ । राज्यले  १२ हप्तासम्मको  गर्भ गर्भवती महिलाको  इच्छानुसार आकस्मिक सेवाको  रुपमा मान्यता दिए पनि पछिल्लो  समयमा सुरक्षित गर्भपतन संस्कृतिको  रुपमा मौलाउदै  गइरहेको  छ ।

कानूनले  सुरक्षितरुपमा तोकिएका स्वास्थ्य संस्थाहरुले  गर्भपतन सेवा दिइरहदा गर्भपतनलाई परिवार नियोजनको  साधनका रुपमा प्रयोग गर्दा सेवाको  दुरुपयोग भएको  जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो । चेतना र स्वास् थ्य शिक्षाको  अभावका कारण भन्दा पनि लापरवाहिका कारण महिलाहरुले  गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा अपनाएको  उहाले बताउनुभयो ।

दोहोरिदै  किशोरी
सानै  उमेरमा प्रेम विवाह, प्रेम सम्बन्ध र प्रजनन स्वाथ्य चेतनाको अभावका कारण गर्भपतन गराउने  किशोरीहरुको  संख्या केहि मात्रामा दोहोरिदै  आइरहेको परिवार नियोजन संघ पर्बत शाखाले जनाएको  छ । स्वाभाविकैले  एक पटक रहन गएको  अनिच्छित गर्भलाई कानुनीरुपमा पतन गराउने  सक्ने  कानुनी मान्यता रहे  पनि उक्त मान्यता लागु नभएको  देखिन्छ । गामीण क्षेत्रका भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने  महिलाहरु दोहोरिने  गरेको पाईएको हो । जसका कारण महिलाहरुको  स्वास्थ्य जोखिम पनि बढ्दै  गइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्