मिसेस र मिसको ट्यालेन्ट शो



स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०१८ अन्तर्गत ट्यालेन्ट शो गरेको छ। पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका साथ राजधानीमा एकैसाथ अविवाहित र विवाहित महिलाबीच गरिन लागेको नेपाल टुरिजम र मिस टिन टुरिजम २०१८ सौन्दर्य प्रतियोगिताअन्तर्गत ट्यालेन्ट शो गरिएको हो।

राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको अडिटोरियम हलमा भएको ट्यालेन्ट शोमा दुवै प्रतियोगिताका प्रतियोगीहरूले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगीहरूले अभिनय, नृत्य, गीत, संगीत, चित्रकला र वक्तृत्वकला प्रदर्शन गरी निर्णायक मण्डल र अभिभावकको मन जित्ने प्रयास गरेका थिए। ट्यालेन्ट शोमा अभिनेताद्वय वीरेन्द्र हमाल र गजित विष्ट, अभिनेतृद्वय निस्मा घिमिरे र वर्षा राउत, राजेन्द्र लुइँटेल र इभेन्ट निर्देशक सुशील चन्द निर्णायक रहेका थिए। यो शोबाट मिसेज नेपाल टुरिजमको मिसेस ट्यालेन्ट र मिस टिन टुरिजमको मिस ट्यालेन्ट छनोट गरिनेछ। मिसेस ट्यालेन्ट र मिस ट्यालेन्टको घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ।

मिसेस नेपाल टुरिजममा मनीषा अधिकारी, सन्तु श्रेष्ठ, शिवानी साह विष्ट, प्रतीमा केसी, गीता खनाल, लक्ष्मी भण्डारी, माया बुडा, रश्मी शाक्य, मोविना घिमिरे, बबिता थापा गजुरेल, आना आचार्य, प्रतीमा गच्छदार, जस्मिन खनाल, मञ्जु अवाले कर्ण, सम्झना श्रेष्ठ रावत, चोक माया गुरुङ, प्रतीमा श्रेष्ठ, एनिका दाहाल, अञ्जना श्रेष्ठ, बिन्दु श्रेष्ठ, सरिता गौतम, पवित्रा आले मगर, सिमरन सिलवाल, बबुना पखाली, सुशीला बुढाथोकी, राधिका सापकोटा, स्विटी मानन्धर, लालमति थापामगर, रेशु श्रेष्ठ, सविना दुलाल लामिछाने र अञ्जली श्रेष्ठ गरी ३१ प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गर्दै छन्।

त्यसै गरी मिस टिन टुरिजममा राशी सुवेदी, प्रनिहा जोशी, प्रशंसा पौडेल, अञ्जिता छन्त्याल, सुगन्धा चौधरी, अलिशा राई, सुमेघा लामिछाने, प्रिया महर्जन, रमिना विष्ट, सम्बिदा ओझा, शीला कोजु, मेघना महर्जन, आस्मा खड्का, सञ्चिता भट्टराई, रिया हरिजन, श्वेता थापा र पूजा गुरुङ गरी १७ जनाले प्रतिस्पर्धा गर्दै छन््।
दुवै प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र बालकृष्ण पोखरेलको संयोजनमा हुँदै छ। दुवै प्रतियोगिताका प्रतियोगीहरूलाई विभिन्न विषयमा तालिम र प्रशिक्षण दिइरहेको इभेन्ट संयोजक पोखरेलले जानकारी गराए। स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले पर्यटन क्षेत्रलाई सघाउने उद्देश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी पुस २४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेस नेपाल टुरिजम र मिस टिन टुरिजम २०१८ आयोजना गर्न लागिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्