डिप्रेशनबारे गज्जबको भिडियो र गज्जबको सन्देश



अनुजलाल श्रेष्ठ/मनोज रेग्मी

के हो डिप्रेशन ?

डिप्रेशन कम कडा खालको मानसिक रोग हो। अर्को शब्दमा भन्नु पर्दा दिग्दारी रोग हो।यसले मानिसको मष्तिस्कमा गम्भिर प्रभाव पार्छ र तपाईंले कसरी सोच्नुभयो र कसरी काम गर्नुहुन्छ भन्ने कुराको केहि यकिन हुँदैन । तर, आत्तीनु नपर्ने कुराचाहीँ यसको उपचार भने हुन्छ ।

डिप्रेशन यही कारणले हुन्छ भनेर किटान गर्न त सकिदैन। तर यसका बिभिन्न कारणहरु हुन्छन्। डिप्रेशनका कारण मानिसमा उदासीपनको भावना उत्पन्न भइ आनन्दित गतिविधिमा आउने चासो कम हुने गर्दछ ।
यसले मानिसहरुमा भावनात्मक र शारिरीक सम्स्याहरु उत्पन्न गर्छ र व्यक्तीको कार्य क्षमता गिराउने काम गर्छ ।

डिप्रेशनका लक्षणहरू

उदासीनता

-इच्छाशक्तीको अभाव

-शारीरिक कमजोरी

-सोच्ने शक्तिको अभाव

-खानपीनमा ध्यान कम हुने अथवा बढि खान मन लाग्ने

डिप्रेशनको प्राकृतिक उपचार

-दैनिक सामान्य शारिरीक ब्याम गर्ने

-पोषणयुक्त खाना खाने (विषेश गरेर माछाका परीकार जस्तै टुना फिस, सालमन )
-प्रशस्त निद्रा
-यसबाहेक हामीले यसबारे चिकित्सकको सल्लाह सुझाव लिन पनि सक्छौँ

यस्तै हालसालै विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्यानले ४ जनामध्यका १ जनालाई डिप्रेशन रोग लाग्ने जनाएको छ । उक्त अध्यानका अनुसार डिप्रेसनको समस्यामा परेका व्याक्तीले आफ्नो आन्तरीक कुरा सबैसँग लुकाएर राख्न प्रयास गर्ने गरेका छन् । कुल रोगिहरुको शंख्याको दुई तिहाईले आफ्नो समस्या आँफैमा लुकाएर राख्ने गरेको पाइएको छ ।हामीहरुले यस्ता खालका रागिहरुलाई भेदभाव गर्ने, हप्ने काम गर्नुहुँदैन र उनीहरुलाई उचीत सल्लाह, सुझाव र रोग नियन्त्रणबारे केहि परामर्श दिनुपर्छ ।

यसका साथसाथै अस्ट्रेलियामा अवस्थीत (किन) नामक अस्ट्रेलियन नेपाली ब्यान्डले डिप्रेशनको समस्यालाई समेटेर एक संगित भिडियो बजारमा सर्वजनीक गरेको छ । (जाली) बोलको उक्त संगितले डिप्रेशनको बारेमा र त्यसको कारणबारे प्रकाश पार्न खोजेको छ ।

म्युजिक भिडियो यस प्रकार छ

प्रतिक्रिया दिनुहोस्